-
इटहरी । हरेक वर्ष झै वडादशै अन्र्तगत सप्तमीका दिन आज सुनसरीको इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा धुमधामका साथ फुलपाती वडाई गरिएको छ ।
कोशी प्रदेशको एक विकसीत सहरका रुपमा रहेको इटहरीमा विगत दुई दशक अघि देखि सामुहिक दुर्गा पुजा गरिदै आएको छ । इटहरीको सामुहिक दुर्गा पुजा स्थलमा हरेक वर्ष विधिवत रुपमा वडादशैको सप्तमीका दिन फुलपाती वडाई गर्ने
गरिए झै यस वर्ष पनि गरिएको हो । सामुहिक दुर्गा पुजा स्थल दशैघरमा समाज कल्याण सत्र्सग भवनवाट शोभा यात्रा सहित ल्याइएको फूलपाती वढाई गर्ने गरिन्छ । विगत देखि नै फूलपातीका दिन हर्ष वढाईका साथ पुजारी, नेपाली सेना , नेपाल प्रहरी ,शसस्त्र प्रहरी, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरी , संयुक्त खस क्षेत्र कोशी प्रदेश ,छठ पर्व सेवा समिति , कल्वार सेवा समिति लगायतका स्थानीय सामाजिक संघ सस्थाका प्रतिनिधीहरु व्याण्डवाजा , पञ्चेवाजा ,नाचगान सहितको टोली दुर्गा पुजा स्थल पुगेर फुलपाती वढाई गरिदै आइएको छ ।
फुलपाती वडाइका अवसरमा नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी चढाएको थियो । समाज कल्याण सत्सगबाट इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता चौधरीले उद्धघाटन गरेपछि शोभा यात्रा सहित इटहरीमा रहेका विभिन्न मन्दिर हुदै सामुहिक दुर्गा पुजा स्थलमा आइपुगेको थियो । सामुहिक दुर्गा पुजा स्थलमा वनाइएको दुर्गा भवानीको मुर्ति कार्यक्रमका प्रमुख अतिथी नयाँ वृन्दावन गौशालाका संरक्षक पंडित दिनवन्धु शास्त्री लगायतले अनावरण सहित प्राणप्रतिस्ठा गरेर पुजाअर्चना गरेपछि पुर्जाका लागि सर्वसाधारणलाई खुल्ला गरियो । सार्वजनिक स्थलमा बनाइएको दुर्गा पुजा स्थलमा फुलपाती वडाइ पछि पुन सत्सर्ग भवनमा पुगेर फुलपाती भित्र्याइयो । केही वर्ष यता देनि इटहरीमा हुने फुलपाती वडाईमा उल्लेखिय संखयामा मानिसहरुको उपस्थिती हुने गरेको छ । यस वर्ष पनि सार्वजनिक दुर्गा पुजाका लागि संजिव वोगटीको अध्यक्षतामा पुजा समिति वनाइएको छ । दुर्गा भवानीको प्रतिमा राखिएको दशैघरमा उखु , अदुवा , वेलपत्र , दारिम, अशोक पत्र, फुल लगायतका फुलपाती भित्रयाइने परम्परा रहेको छ । वडा दशैं घटस्थापनाका दिन देखि सुरु भएर कोजागत्र पुर्णिमा सम्म चल्ने भएपनि विशेष दिनका रुपमा सप्तमीलाई पनि लिने गरिन्छ ।
News Desk 0 response सोमवार, अशोज १३, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





