-
इटहरी । यात्रुहरुलाई चाडपर्वको समयमा यात्रा गर्दा कुनै किसिमको समस्या नहोस भनेर सुनसरीको इटहरीमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।
चाडपर्वको समयमा यात्रुहरु सहज रुपमा गन्तव्य सम्म पुग्न कुनै किसिमको समस्या नआयोस यात्रुहरु नठगिउन तथा शान्ति सुरक्षालाई मध्यनजर गर्दै इटहरी बस पार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । चाडपर्वका समयमा यात्रुहरु ठगिने ,लुटिने लगायतका गतिविधिहरुलाई रोक्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अगुवाईमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सक्रियतामा यातायात मजदुर संगठन,स्थानीयवासी , इटहरीका विभिन्न संघसंस्थाहरु लगायतका सरोकारवालाहरुको सहकार्यमा इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । चाडपर्वको समयमा यात्रुहरु सहज रुपमा गन्तव्य सम्म पुग्न सकुन भन्ने उद्धेश्यले चाडपर्व लक्षित गरेर नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक व्यवस्थापन कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । नागरिकको सुरक्षा र सहज रुपमा गन्तव्य सम्म पुग्न सहजता प्रदान गर्न ट्राफिक प्रहरी लगायतको सिभिल प्रहरी रहने गरि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको उनले वताए ।

यात्रुहरुको चाप वढी हुने समयमा व्यक्तिबाट नभई बाटाबाटै टिकट काट्ने र मनपरी भाडा असुल्ने काम समेत हुन नदिन नागरिक सहायता कक्षले यात्रुहरुलाई सहयोग गर्ने छ । त्यसै गरी यात्रुहरुको सुरक्षाका लागि समेत नागरिक सहायता कक्ष प्रभावकारी हुने गरेको छ । नागरिकहरुको शान्ति सुरक्षाको प्रत्याभुति सहगित यात्रुहरुलाई सहज रुपमा गन्तव्य सम्म पुरयाउन सञ्चालन गरिएको यात्रु सहायता कक्ष सञ्चालनमा स्थानीवासीहरुको समेत सहयोग रहने इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाले जानकारी गराए ।
विशेष गरेर दशैं तिहार जस्ता ठुला चाडपर्वको समयमा यात्रुहरुको चाप बढी हुने गरेका कारण यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालन गर्ने गरिदै आएको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२