• इटहरी । वडा दशैं अन्तरगत पहिलो दिन आज घटस्थापना सुनसरीको इटहरीमा रहेका विभिन्न मन्दिर तथा सार्वजनिक पुजा स्थल लगायतमा जमरा राखिएको छ ।

    दर्शैंको टिका सहित मान्यवरवाट जमरा लगाइदिने प्रचलन अनुसार घटस्थापनका दिन जमरा राख्ने गरिए अनुसार इटहरीमा रहेका राधाकृष्ण शिव मन्दिर ,दक्षिणकाली मन्दिर , सार्वजनिक दुर्गा पुजा स्थलमा विधिपुर्वक जमरा राखिएको हो । वडा दशैं अन्तरगतको पहिलो दिन देवी दुर्गाको आरधना गरी विभिन्न अन्न जमराको लागि उमार्ने गरि विधिपुर्वक राख्ने गरिन्छ । सत्य माथि असत्यको विजय भएको मान्यताका आधारमा हर्साेउल्लासका साथ दशै मनाईने परम्परा रहेको छ । विजया दशमी अन्तरग राखिने जमरा टिकाका अवसरमा आफु भन्दा सानालाई सिर र कानमा सिउरीदिएने गरिन्छ । सार्वजनिक पुजा स्थल तथा मन्दिरहरुमा स्थानीयहरुले समेत ल्याएर जमरा राख्ने गरेका छन । घटस्थापनाका दिन राखिएको जमरा कोजागत्र पूर्णिमाका दिन विधिपुर्वक विर्सजन गर्ने गरिन्छ ।

4565