-
राजविराज । विजया दशमी, दिपावली र छठ पर्वको अवसर पारेर राजविराजमा दुई दर्जन महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । भवानी सेवा समितिले आयोजना गरेको कार्यक्रममा ७० वर्षभन्दा माथिका महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै समितिकी उपाध्यक्ष तथा महिला संघ संयोजक सुसा देवले महिलाले समाज र राष्ट्रका लागि पुर्याएको योगदान अझै पर्याप्त मूल्यांकन नभएको बताइन् । ‘हामीले ज्येष्ठ महिला नागरिकलाई सम्मान गरेर उनीहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्न खोजेका हौँ,’ उनले भनिन् ।
प्रमुख अतिथि, मधेस प्रदेशकी पूर्व उपसभामुख उपमा देवले महिला योगदानको कदर नगरीकन समाज र राष्ट्र समृद्ध बन्न नसक्ने धारणा राखिन् । उनले महिलालाई निरन्तर सम्मानित गर्दै रचनात्मक कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रम समितिकी उपाध्यक्ष देवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा इन्जिनियर अमरेन्द्र देव, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देव, भवानी सेवा समितिका सल्लाहकार श्याम देव, पूर्व अध्यक्ष पुरुषोत्तम देव, अध्यक्ष इन्द्र कुमार देव, महासचिव सत्यनारायण देव, काठमाडौं शाखाका निवर्तमान अध्यक्ष योगेन्द्र देवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२