-
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा विराटनगर महानगरका १९ मध्ये १३ वटा वडामा क्षति पुगेको छ । आगजनी र तोडफोडका कारण वडाकार्यालयहरूमा भौतिक नोक्सानी भए पनि महानगरले सेवाप्रवाह सामान्य बनाउन कदम चालेको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार, आन्दोलनका दिनमै स्वास्थ्यजस्ता अत्यावश्यक सेवा भने निरन्तर सञ्चालनमा राखिएको थियो । अन्य आवश्यक सेवा क्रमशः सुरु गरिँदै छ । ‘नागरिकका अति जरुरी काम, स्वास्थ्य उपचारका कागजात वा विदेश जाने विद्यार्थीका सिफारिसजस्ता काम नरोकिने गरी सेवा दिइरहेका छौँ,’ उनले भनिन् ।
क्षतिग्रस्त १३ वडामध्ये ४, ५, ६, ११ र १९ नम्बर वडामा आगजनीले पूर्ण क्षति पुर्याएको छ भने अन्य वडामा तोडफोडका कारण भौतिक सामग्री नष्ट भएका छन् । तत्कालीन आवश्यकताका लागि प्रत्येक वडालाई दुईवटा कम्प्युटर र एउटा प्रिन्टर उपलब्ध गराइएको छ । ‘आजदेखि नै वडाहरूमा आवश्यक काम सुरु भएको छ,’ उपप्रमुख कार्कीले जानकारी दिइन् ।
महानगरले राजस्व शाखा, कानुन शाखा र कृषि शाखासहित सबै सेवा विस्तार गर्ने योजना बनाएको छ । नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वा कर्मचारीको दशैँ भत्ता जस्ता सुविधामा कुनै कटौती नगरिने स्पष्ट पार्दै उनले पुनर्निर्माणका लागि विपद् व्यवस्थापन कोष र अन्य बजेट समायोजनमार्फत स्रोत जुटाइने बताइन् ।
महानगरले पुनर्निर्माणमा स्थानीय उद्योगी, व्यवसायी र संघसंस्थाको सहकार्य मागेको छ । ‘यो विराटनगर बनाउने अभियान हो, सबैको साथ आवश्यक छ,’ उपप्रमुख कार्कीले भनिन् । सेवाप्रवाहलाई छिटो सामान्य बनाउन शनिबार बिदामा पनि कार्यालय खोलिने तयारी गरिएको छ ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२