इटहरी । पछिल्लो समय इटहरीमा साहित्यिक गतिविधि वढाउन महत्वपुर्ण भुमिका खेल्दै आएको क्याफेमा कविताको छैठौं श्रृखंला सम्पन्न भएको छ ।
नेपाल विटले हरेक हप्ता फरक साहित्यकारको कविताहरु वाचन गराउने गरि सञ्चालन गर्दै आएको क्याफेमा कविताको छैठौं श्रृखंला सम्पन्न भएको हो ।
कवि तथा गजलकार जेवी थुलुग र कवि साङसेन पान्धाकका कविता र गजल वाचन सहितको छैठौं श्रृखंलाको अध्यक्षता कस्तुरी कलेज इटहरीका प्राचार्य कमलेश शर्मा पौडेलले गरेका थिए । साहित्यकार प्रा.डा.भीम खतिवडाको प्रमुख आतिथ्य रहेको क्याफेमा कविताको छैठौं श्रृखंलामा थुलुग र पान्धाकले विभिन्न विषय समेटीएका चार चार वटा कविता सुनाएका थिए । कार्यक्रम आयोजना गर्दै आएको नेपाल विटका राम खरेलले साहित्यिक गतिविधिका माध्यमबाट साहित्यकारहरु विच आपसी सदभाव अझ वढाउन यस प्रकारको कार्यक्रम सञ्चालनमा ल्याएको वताउदै क्याफेमा कविताको १०औं श्रृखंलामा विशेष कार्यक्रम आयोजना गरिने समेत जानकारी गराए । कार्यक्रमका प्रमुख अतिथी प्रा.डा.खतिवडाले हाम्रो संस्कृति भित्र पर्ने साहित्य , कला अन्तरगतका कला र गला प्रस्तुत गरिने पठन संस्कृति सिर्जनालाई समाज सम्म सामाजिक विकासमा योगदान पुग्ने गरी पुरयाउनु पर्नेमा जोड दिए । कार्यक्रमका अध्यक्ष शर्माले शिक्षा ,साहित्यले समाजलाई समृद्धि तर्फ अघि वढाउने भएकाले शिक्षा र साहित्यको महत्व ठुलो रहेको वताए । कार्यक्रममा संगीत साधन प्रतिष्ठानका महासचिव राजु केसी , लोक गायिका गंगा गौतम , साहित्यकारहरु किरण टि लिम्बु , केशु विरही , रमेश निरौला, इरान राई , जीवी गजल लगायतको सहभागिता रहेको थियो ।