-
काठमाडौं । गत मंगलबारदेखि रोकिएको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुचारु भएको छ । शुक्रबार फाट्टफुट्ट मात्र गुडेका सवारी साधन आज बिहानैदेखि बाक्लो संख्यामा चल्न थालेका हुन् ।
चितवनतर्फबाट पनि काठमाडौं आउने बस सञ्चालनमा आएका छन् ।
जेनजी आन्दोलनकै क्रममा सोमबार नयाँ बानेश्वर क्षेत्र बाहेक अन्यत्र सवारीसाधन चलिरहेका भए पनि मंगलबारदेखि उपत्यकाभर प्रदर्शन फैलिँदा सम्पूर्ण यातायात ठप्प भएको थियो । नेपाली सेनाले लगाएको कर्फ्युका कारण जनजीवन प्रभावित भएको थियो ।
तर शनिबार बिहानैदेखि कर्फ्यु हटाइएपछि राजधानी सामान्य स्थितितर्फ फर्किएको छ । सार्वजनिक बस, ट्याक्सीलगायतका सवारी साधन सडकमा दौडिरहेका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । आन्दोलनका क्रममा क्षति पुगेका पसल र घर–घरमा सरसफाइको काम सुरु भएको छ ।
मंगलबार रातिदेखि सुरक्षा व्यवस्थाका लागि सडकमा खटिएको सेना शनिबार बिहानपछि फिर्ता भइसकेको छ ।
News Desk 0 response शनिबार, भदौ २८, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





