सिंहदरबारमा आगजनीपछिको अवस्था : शिक्षा मन्त्रालयले सुरु गर्यो सरसफाइ, अस्थायी रुपमा सेवा केशरमहलबाट
-
काठमाडौं । हालैको आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयमा भएको तोडफोड र आगजनीपछि शिक्षा मन्त्रालयले सरसफाइ कार्य सुरु गरेको छ ।
मन्त्रालयका कर्मचारीहरू अहिले जलेका तथा टुटफुट भएका सामग्री हटाउने, बढारकुडार गर्ने र क्षति मूल्याङ्कन गर्ने कार्यमा व्यस्त छन् । मन्त्रालयका अधिकारीहरूका अनुसार छिट्टै मर्मत–सम्भार गरेर पुनः सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।
शिक्षा मन्त्रालयले फिलहाल दुई ठाउँबाट सेवा दिने जनाएको छ । सचिव चूडामणि पौडेलका अनुसार सिंहदरबारमा सरसफाइ भइरहेको छ भने केही महाशाखा वा शाखाको काम लैनचौरस्थित केशरमहलबाट पनि प्रवाह गरिनेछ ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको आन्दोलनअन्तर्गत भदौ २४ गते सिंहदरबारको मुख्य भवन, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतलगायत स्थानमा तोडफोड र आगजनी भएको थियो । यस क्रममा शिक्षा मन्त्रालयका कोठा र काठका भर्याङ जलेका थिए भने कर्मचारीका कार्यकक्षमा पनि ठूलो क्षति भएको छ ।
हाल सिंहदरबारको भवन प्रयोग गर्न नसकिने भएकाले शिक्षा मन्त्रालयले अस्थायी रूपमा केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयको भवन प्रयोग गर्ने तयारी गरेको छ । तर, त्यहाँ स्थान अपुग भएकाले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अन्यत्र सारेर भए पनि मन्त्रालयलाई राख्ने तयारी भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
News Desk 0 response शनिबार, भदौ २८, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३