-
काठमाडौं । यसै साता युवा र विद्यार्थीले गरेको आन्दोलनका क्रममा देशभरका होटल व्यवसायमा ठूलो क्षति पुगेको पाइएको छ । होटल एसोसिएसन नेपाल (हान) ले संकलन गरेको विवरणअनुसार करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट भएका छन् ।
हानका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, विराटनगर, झापा, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डका होटलमा बढी आक्रमण भएको छ ।
काठमाडौंस्थित पाँचतारे होटल हिल्टनमा मात्रै करिब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान छ । त्यस्तै, ह्यात होटलमा समेत आगजनी भएको छ । हानका अनुसार देशभर होटल व्यवसायमा भएको क्षति २५ अर्ब रुपैयाँ नाघ्ने देखिएको छ । दाङस्थित होटल माला इनमा समेत तोडफोड र आगजनी भएको हानले जनाएको छ ।
हानका अनुसार क्षतिग्रस्त होटल मर्मतसम्भार र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने हुँदा करिब २ हजारभन्दा बढी कामदार–कर्मचारी चाडपर्वको बेलामा रोजगारी गुमाउने जोखिममा परेका छन् । साथै, ती होटलहरूले बैंक तथा वित्तीय संस्थाप्रति आफ्नो आर्थिक दायित्व नियमित रूपमा तिर्न नसक्ने अवस्था देखिएको छ ।
हानले ठूलो लगानी तथा सम्पत्तिमा पुगेको क्षतिको छानबिन शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट हुनुपर्ने माग गरेको छ । साथै, अपराधीलाई कानूनी दण्ड र उचित क्षतिपूर्ति दिलाउनुपर्ने र प्रभावित होटल व्यवसायलाई पुनर्निर्माणका लागि राज्यले विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
परिवर्तनकारी आन्दोलनका क्रममा सर्वसाधारणको सेयर लगानी समेत रहेको होटल क्षेत्रमा भएको क्षतिले पर्यटन उद्योगलाई गम्भीर असर पार्ने भएकाले दीर्घकालीन दृष्टिकोणसहित समाधान खोजिनुपर्ने हानको भनाइ छ ।
News Desk 0 response शुक्रबार, भदौ २७, २०८२
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३