• इटहरी । जेनजी आन्दोलन देखि सामान्य बन्न नसकेको सुनसरीमा आज पनि स्थानीय प्रशासनले निशेधाज्ञा र कफ्र्यु जारी गरेको छ ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्राले विहान बजे देखि दिउँसो ४ बजे सम्म निशेधाज्ञा र साँझ ७ बजे देखि भोली विहान ६ बजे सम्मका लागि कफ्र्य आदेश जारी गरेका हुन । केही दिन यता देखि सुनसरी प्रशासनले निशेधाज्ञा र कफ्र्यु जारी गर्दै आएको छ । स्थानीय प्रशासनले सर्वसाधारणलाई दैनिक उपभोग्यवस्तु तथा आवश्यक सामानहरु खरिदका लागि सहज होस भनेर विहान ६ बजे देखि १० बजे सम्म र दिउँसो ४ बजे देखि साझं ७ बजे सम्म निशेधाज्ञा र कफ्र्यु हटाएको थियो । स्थानीय प्रशासन ऐन २०२८ अनुृसार प्रमुख जिल्ला अधिकारीले निशेधाज्ञा र कफ्र्यु आदेश जारी गर्दै आएका छन । सुनसरीको जनजीवन क्रमिक रुपमा सामान्य तर्फ उन्मुख भई रहेको छ ।

4565