-
रामेछाप । रामेछाप कारागारमा बिहीबार बिहान कैदीबन्दी भाग्ने प्रयास गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा दुई कैदीको मृत्यु भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदीहरूले विभिन्न च्यानलमा लगाइएका ताल्चा तोडेर जबरजस्ती बाहिर निस्कन खोजेपछि नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाएको हो ।
घटनामा दुई जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते र अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
‘सम्झाउने प्रयास गर्दा पनि नमानेपछि कैदीहरूले जेल तोड्दै निस्कन खोजेकाले बाध्य भएर गोली चलाउनुपर्यो,’ प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
रामेछाप कारागारमा हाल ३३४ जना कैदी रहेका छन्, जसमा १६ जना महिला र ३१८ जना पुरुष छन् । हाल घटनापछि स्थिति नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ ।
News Desk 0 response बिहिबार, भदौ २६, २०८२
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३