-
इटहरी । जेन जी आन्दोलनका क्रममा इटहरीका सार्वजनिक क्षेत्रमा भएका फोहोर व्यवस्थापन गर्ने कार्य जेन जी समेतको सहभागितामा गरिएको छ ।
दुई दिने जेन जी को आन्दोलनका क्रममा इटहरीको मुख्य चोक क्षेत्र साथै अन्य सार्वजनिक स्थलमा भएको फोहोर सरसफाई सहित व्यवस्थापन गर्ने कार्य गरिएको हो । इटहरीका मुख्य चोक क्षेत्रमा सडक सरसफाई गरि , मुख्य चोकमा पहिले इटाको प्रतिमा रहेको ठाउँमा राष्ट्यि झण्डा राखिएको छ । इटहरी चोक , उपमहानगरपालिका अगाडी , इलाका प्रहरी कार्यालय अगाडी , राजस्व कार्यालय अगाडी , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टफिक व्यवस्थापन कार्यालय अगाडीको सडक क्षेत्र जेन जी , स्थानीयवासी , विभिन्न संघसंस्थामा आवद्धहरुको सहभागितामा सरसफाई गरियो ।आन्दोलनका कारण सडक लगायतका सार्वजनिक स्थलहरुमा भएका फोहोरहरु व्यवस्थापन गर्ने कार्यमा जेन जी सहितको सहभागितामा सफसफाई गरिएको वेष्ट एण्ड इनभारोमेन्टका निर्देशक केशव पौडेलले वताए ।

जेन जी को आन्दोलनका क्रममा उपमहानगरपालिका , इलाका प्रहरी कार्यालय इटहरी , राजस्व कार्यालय लगातयका सरकारी कार्यालयहरुमा आगजनी ,तोडफोड सहित सवारी साधनहरुमा गरिएको आगजनीका कारण यही क्षेत्र अगाडीको पुर्व पश्चिम राजमार्ग क्षेत्रमा जलेका सामान , इटा ढुगां थुप्रिएर फोहोर भएको थियो । सडकमा थुप्रिएका जलेका सामान ,इटा ढुँगां लगायतका सामाग्रीहरुले सवारी सञ्चालनमा समस्या वनाएको थियो भने जलेका सामाग्रीहरुका कारण कुरुप देखिएको यस क्षेत्रलाई सरसफाई गरेर पहिलेकै अवस्थामा ल्याउने काम इटहरीमा सामुहिक सहभागिता गरिएको छ । आन्दोलनका कारण भएको फोहोरहरुलाई व्यवस्थापन गर्न आफुहरु जुटेको सरसफाई कार्यमा सक्रिय रहेकाहरुले जानकारी दिए । उनीहरुले इटहरीलाई स्वच्छ र सफा वनाउने कार्य गरिएको वताए ।
आन्दोलनका क्रममा इटहरीका विभिन्न ठाउँमा सडकमा प्रर्दशनकारीहरुले टायर समेत वालेका थिए । जलेको टायरको खरानी , जलाईएका सरकारी संरचनाहरुमा भएका खरानी लगायतका कागजातहरु समेत सरसफाई गरिएको छ । उपमहानगरपालिका परिषर समेत सरसफाई गर्ने कार्य विभिन्न संघसस्था स्थानीय लगायतले गरेका छन । सरसफाई गर्ने क्रममा इटहरीको मुख्य चोक क्षेत्रका खाल्डाखुल्डी पुर्ने काम समेत गरियो ।।
News Desk 0 response बुधबार, भदौ २५, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३