• इटहरी । सुनसरीको इटहरीमा रहेको सिबी कलेजले स्वागत ,विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    साइन्स ,मेनेजमेन्ट , होटल मेनेजमेन्ट , कानुन विषयको पठनपाठन गर्दै आएको सिबी कलेजले कक्षा ११का विद्यार्थीहरुलाई स्वागत , कक्षा १२को उत्तिर्ण गरेका विद्याथीहरुलाई विदाई तथा विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, अभिभावकलाई सम्मान सहित पुरस्कृत गरेको हो । जिल्ला शिक्षा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र मल्लको प्रमुख आतिथ्य तथा कलेजका अध्यक्ष देशवन्धु कार्कीको अध्यक्षतामा स्वागत, विदाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरियो । कलेजमा विभिन्न विषय अध्ययनका लागि कक्षा ११मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत र हालै प्रकासित कक्षा १२मा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरु तथा अभिभावकलाई सम्मान सहित पुरस्कृत गरिएको कलेजका प्राचार्य खेमराज वास्तोलाले जानकारी दिए । यस वर्षको कक्षा १२को परिक्षाका कलेजबाट ए प्लस र ए जिपिए ल्याउने १६ जना विद्यार्थी  सहित उनीहरुका अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीलाई पुरस्कृत विद्यार्थी पुरस्कार तथा अभिभावकहरुलाई सम्मान कलेजका वरिष्ठ उपाध्यक्ष दयाराम भट्टराई, सदस्यहरु आषिस खनाल , उर्मिला घिमीरे ,देवका पौडेल लगायतले प्रदान गरेका थिए ।  सो अवसरमा विद्यार्थीहरुले फेसन सो सहित सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

4565