-
इटहरी । होटल व्यवसायी संघ इटहरीले आफनो १६औं वार्षिक साधारण सभा पुर्व क्षेत्रकै प्रख्यात पर्यटकीय स्थल तालतलैयामा औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
नजिकी रहेका नेपालीहरुका चाडपर्वहरुलाई समेत लक्षित गर्दै होटल व्यवसायी संघ इटहरीले आफनो वार्षिक साधारण सभा सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२लाई सफल वनाउन गठिन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जयप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजना गरिएको साधारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका सहभागी वक्ताहरुले होटल व्यवसायीहरुले समेत पुर्वी नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको वताए ।

कार्यक्रमका प्रमु्ख अतिथी श्रेष्ठले कोशी प्रदेश क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउदै आएको भन्दै पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायलाई थप व्यवस्थित वनाउदै लैजानु पर्नेमा जोड दिए । कार्यक्रम अध्यक्ष उपाध्यायले होटल व्यवसायीहरुको हकहिकका लागि संघले काम गर्दै आएको र होटल व्यवसायीहरुसंग समयसमयमा छलफल अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको जानकारी गराए । कार्यक्रममा व्यवसायी कुमारजंग कार्कीले गित संगित प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । शिवकुमार तामागंको संयोजकत्वमा भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , होटल व्यवसायी महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष मणिन्द्रवहादुर कटुवाल , जिल्ला होटल तथा पर्यटन व्यवासायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी , सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गोपाल श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराई , होटल तथा लज व्यवसायी समिति इटहरीका अध्यक्ष उमानाथ दाहाल लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response आइतवार, भदौ २२, २०८२
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





