-
भेडेटार । छाला, कपाल तथा शरीरको सुरक्षा र सौन्दर्य सम्बन्धी उत्पादन उत्पादन गर्दै आएको भारतीय कम्पनी ओटेराका विभिन्न उत्पादनको जानकारी मूलक तालिम तथा औपचारिक लन्च कार्यक्रम भेडेटारमा सम्पन्न गरिएको छ ।
सुनसरी र धनकुटाको संगम स्थल भेडेटारमा एक दिने तालिम सहित सम्पन्न गरिएको हो ।
ओटेरा नेपालले आयोजना गरेको उक्त कार्यक्रम स्वप्निल ब्युटी क्लिनिक इटहरीको संयोजनमा भएको तालिम पर्यटकीय स्थल भेडेटारमा आयोजित सो तालिममा कोशी प्रदेशका विभिन्न स्थानका सौन्दर्यकला व्यवसाय सञ्चालन गर्दै आएका ३० जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा ओटेरा कम्पनीले उत्पादन गरेका करिब २० प्रकारका छाला, कपाल तथा शरीरको सुरक्षा तथा सौन्दर्य सम्बन्धी उत्पादनबारे विस्तृत जानकारी दिइएको थियो । कम्पनीका उत्पादन नेपालमा प्रिमियर हेल्थ नेपाल प्रालि मार्फत बिक्री वितरण सुरु भएको जानकारी समेत दिइएको थियो ।

सो तालिममा प्रिमियर हेल्थ नेपाल प्रालिका निर्देशक गौरव कुमार श्रेष्ठले ओटेराका उत्पादन र त्यसको प्रयोगविधि सम्बन्धमा व्यवसायीहरुलाई सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई उत्पादनको गुणस्तर, बजार व्यवस्थापन तथा सेवा प्रवाहमा थप सहज हुने गरी जानकारी आदान–प्रदान गरिएको थियो ।

स्वप्निल ब्युटी क्लिनिक इटहरीकी सञ्चालिका बिजु बैनी श्रेष्ठका अनुसार तालिमले सहभागी व्यवसायीहरुलाई नयाँ उत्पादनबारे जानकारी दिलाउनुका साथै बजारमा व्यावसायिक विश्वास कायम गर्न मद्दत गर्नेछ । उनले ओटेरा कम्पनीका उत्पादनहरु छाला, कपाल तथा शरीरको स्वास्थ्य र सौन्दर्य दुवैका लागि प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
सहभागी व्यवसायीहरुले तालिमले आफूहरुलाई उत्पादनबारे विस्तृत ज्ञान प्राप्त भएको भन्दै यसले आफ्नो पेशागत सेवामा थप मद्दत गर्ने प्रतिक्रिया दिएका थिए ।
News Desk 0 response शनिबार, भदौ २१, २०८२
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३