-
इटहरी । अध्यात्मका माध्यमबाट मानव जीवनलाई सहज र सरल वनाउने उद्धेश्य वोकेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले सुनसरीको इटहरीमा १०८ शिव लिगं स्थापनाका लागि शिलान्यास सम्पन्न गरेको छ ।
त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशको संकल्प र केन्द्रीय समितिको संरक्षकत्वमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ आयुर्वेदिक टोलमा १०८ शिवलिगं स्थापनाका लागि शिलान्यस गरिएको हो । कोशी प्रदेश सभाका सदस्य भीम पराजुलीको प्रमुख आतिथ्य तथा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलको अध्यक्षतामा शिलान्यास कार्यक्रम सम्पन्न गरियो । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्धेश्यले १०८ शिव लिगं स्थापना गर्न लागिएको निर्माण समितिका संयोजक बाबुराम सुवेदीले जानकारी दिए । संयोजक सुवेदीले नेपाली ढुंगाको प्रयोग गरी शिवलिगं वनाइने र आगामी दुई महिनामा प्राणप्रतिष्ठा गरिने लक्ष्य राखिएको समेत वताए ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य पराजुलीले अध्यात्मिक क्षेत्रसंग जोडिन पाउदा खुशी लागेको भन्दै आफुले सक्ने सहयोग गर्ने समेत वताए ।

मायाघर नेपाल , सुकल्प सामुदायिक भवन , श्री विष्णु पाञ्चायन मन्दिर ,धनकुटा इटहरी सम्पर्क समाज , दाहाल प्रतिष्ठान ,नेपाल शेर्पा संघ लगायतका संघसंस्थाहरुको नजिकमा रहेको त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र परिषरमा निर्माण हुने १०८ शिवलिगंले आध्यात्मिक जागरणका साथै यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि वढाउने विश्वास गरिएको छ । कार्यक्रमकी अध्यक्ष त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशकी अध्यक्ष प्याकुरेलले अध्यात्मिक ज्ञान सहित धार्मिक जागरणका लागि समेत केन्द्रले काम गर्दै आएको र १०८ शिवलिगं स्थापनाले यस क्षेत्रमा धार्मिक पर्यटकीय गतिविधि वढ्ने अपेक्षा गरिएको वताइन ।
कार्यक्रममा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका संरक्षक महेश्वरानन्द केशर पुरी , केन्द्रीय अध्यक्ष खिलहरि यात्री , कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , सुकल्पका केन्द्रीय सदस्य फुलराज सुवेदी , धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशवन्धु कार्की लगायतको आतिथ्य रहेको थियो ।
News Desk 0 response बिहिबार, भदौ १९, २०८२
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३





