-
संखुवासभा । संखुवासभामा रहेका वृद्धाश्रम र बालकल्याण गृहका आश्रितहरुका लागि धरानस्थित सेवक अभियानले सहयोग स्वरूप खाद्यान्न, न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । ‘सेवा नै धर्म’ भन्ने मूल मन्त्र बोकेको सेवक अभियानले समाजका जेष्ठ नागरिक र असहाय बालबालिकालाई न्यानो मायासँगै आवश्यक सहयोग पु¥याउन निरन्तर क्रियाशील हुँदै आएको छ ।
संखुवासभाको खाँदबारी नगरपालिका–९, मनकामना मन्दिर परिसरमा रहेको वृद्धाश्रममा रहेका जेष्ठ नागरिक र मानेभञ्ज्याङ स्थित बालकल्याण गृहमा रहेका वालबालिकालाई लक्षित गरी आयोजित कार्यक्रम सेवक अभियानका अध्यक्ष राजिव हलुवाइको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
अभियानकी अभियन्ता सुनिता श्रेष्ठका अनुसार वृद्धाश्रममा आश्रित २९ जना जेष्ठ नागरिकहरुलाई खाद्यान्न, न्यानो कपडा र दैनिक जीवनयापनमा आवश्यक अन्य सामाग्री वितरण गरिएको छ । त्यस्तै, मानेभञ्ज्याङस्थित बालकल्याण गृहमा रहेका १२ जना वालबालिकालाई खाद्यान्न, न्यानो कपडा, विद्यालय ब्याग, पोशाक, कापी–कलम सहित शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मीना श्रेष्ठले समाजमा रहेका असहाय, जेष्ठ नागरिक र बालबालिकालाई सहयोग गर्नु हरेक सक्षम नागरिकको कर्तव्य भएको बताइन् ।
उनले सेवक अभियानले गरिरहेको यो कार्यले समाजलाई सकारात्मक सन्देश दिने भन्दै निरन्तरता दिन आग्रह गरिन् ।
यस अवसरमा ‘बुलेट आमा’ भनेर परिचित शुशिला तिवारीको समेत विशेष उपस्थिति रहेको थियो । नेपालभर बुलेट बाइकमा यात्रा गर्दै सामाजिक सहयोगमा सक्रिय तिवारीले सेवक अभियानसँगै मिलेर संखुवासभाको दुर्गम क्षेत्रमा पुगेकी थिइन् ।
कार्यक्रममा सेवक अभियानका अभियन्ताहरु, स्थानीय समाजसेवी, समुदायका अगुवाहरुको समेत उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागीहरुले समाजका विपन्न र असहाय वर्गलाई सहयोग गर्न सक्नु आफैंमा ठूलो पुण्यको काम भएको बताएका थिए ।
सेवक अभियान धरानले विगत लामो समयदेखि विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी काम गर्दै आएको छ ।
समाजका असहाय, विपन्न तथा आवश्यकता अनुसार सहयोगको खाँचो पर्ने स्थानमा पुगेर राहत, स्वास्थ्य सामग्री, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै आएको यो अभियानले संखुवासभामा गएर सहयोग गरेको सस्थाका अध्यक्ष हलुवाइले बताए ।
News Desk 0 response बुधबार, भदौ १८, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३





