• झुम्का । खुसियालीका साथ जीवन जिउने विषय केन्द्रित सुनसरीको रामधुनीमा प्रशिक्षण सहितका तालिम सम्पन्न गरिएको छ ।

    रामधुनी नगरपालिकाको कार्यलयमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालको आयोजनामा खुसियाली जीवन तथा पुनर्ताजगी तालिम सम्पन्न गरिएको हो । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौलाको अध्यक्षता तथा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यमा प्रशिक्षण मुलक तालिम सञ्चालन गरिएको थियो ।

    तालिममा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत उत्पेरक वरिष्ठ प्रशिक्षक ब्रह्माकुमार राजु घलेले खुसियाली जीवनका विषयमा सहजिकरण गरेका थिए ।

    जीवनलाई खुसियाली वनाउने विभिन्न उपायहरुका विषयमा सहजिकरण गरेका प्रशिक्षक घलेले जीवन सफल वनाउने मुख्य आधार खुशी भएको भन्दै खुशी रहने सस्कारलाई हरपल आत्मसाथ राख्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराट चोककी प्रमुख संचालिका कविता दिदी रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा , जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राजयोग र ध्यान समेत समेटिएको थियो ।

4565