• इटहरी । उद्यमशिलमा जोड दिदै आएको सुनसरीको इटहरीमा रहेको टोल विकास लघुउद्यम सहकारी संस्थाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ ।

    अर्गानिक तोरी ल्याएर पेलेर तेल विक्री गर्ने लक्ष्य सहित टोल विकास लघुउद्यम सहकारीले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको हो । स्थानीय उत्पादन र प्याकेजिगंमा जोड दिदै आएको टोल विकास लघुउद्यम सहकारीले यस अघि चिया प्याकेजिगं र कोदोको पिठो प्याकेजिगं गर्दै विक्री वितरण गर्दै आएको सो अवसरमा जानकारी गराइयो । इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीको प्रमुख आतिथ्य तथा टोल विकास लघुउद्यम सहकारीका अध्यक्ष राजेन्द्रकेशरी घिमीरेको अध्यक्षतामा मिलको उदघाटन गरियो ।

    मिलको उदघाटन कार्यक्रमकी प्रमुख अतिथी उपप्रमुख चौधरीले अर्गानिक उत्पादनमा जोड दिएर सञ्चालन गरिने लघुउद्यमहरुले मानव स्वास्थ्यलाई समेत राम्रो गर्ने वताइन । उनले यस प्रकारका उद्योगहरु सञ्चालनका लागि प्रोहत्साहन गर्नु पर्नेमा समेत जोड दिइन ।

    सहकारीले वार्षिक रुपमा ६० कुइटल तोरी ल्याएर पेलाएर विक्री गर्ने लक्ष्य राखेको समेत सो अवसरमा जानकारी गराइयो । मिल उदघाटन कार्यक्रममा सहकारीका सल्लाहकार टंक खनाल , समाजसेवी लेखनाथ निरौला लगायतको आतिथ्य रहेको थियो ।

4565