-
सुनसरी । विद्यालय शिक्षा विद्येयकमा समावेश गरिएको पुर्ण छात्रावृत्ती भन्ने शब्द हटाउनु पर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनरत सुनसरीका संस्थागत विद्यालय सञ्चालकहरुले आज विद्यालयका खाली सवारी साधनको र्याली निकालेका छन ।
प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिवाट पारित गरेको विद्यालय शिक्षा विद्येयकमा निजी विद्यालयहरुले धान्न नसक्ने गरी पुर्ण छात्रावृत्ति र गैर नाफामुलक वनाउदै लगिने भन्ने वाक्यांश फिर्ता लिनु पर्ने माग राख्दै संस्थागत विद्यालय सञ्चालकहरु आन्दोलन गर्दै आएका छन । जस अन्तरगत आज सुनसरीको इटहरी लगायतका ठाउँहरुमा विद्यार्थी वोक्ने सवारी साधनमा कालो झण्डा राखी र्याली निकालेका हुन । इटहरी क्षेत्रमा संस्थागत रुपमा विद्यालयहरु सञ्चालन गर्दै आएका प्याब्सन ,एनप्याब्सन , हिसान , वालि शिक्षामा आवद्ध विद्यालयहरुले पठनपाठनलाई जारी राखि विद्यार्थी बोक्ने सवारी खाली गरेर शान्तिपुर्ण रुपमा कालो झण्डा सहित रयाली निकालियो । र्यालीमा इटहरीका विभिन्न ठाउँबाट सवारी साधन ल्याएर मुख्यचोक क्षेत्रमा संस्थागत विद्यालय सञ्चालकहरुले प्रदर्शन गरे । संस्थागत रुपमा सञ्चालित विद्यालयहरुलाई कानुन वनाएर अप्ठयारो पार्ने कार्य हुन लागेको तर्फ मध्यनजर गर्दै सहज रुपमा विद्यालय सञ्चालनको वातावरण वनाउन दवावमुलक कार्यक्रमको आयोजना गरिएको हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए । सो र्यालीमा इटहरी क्षेत्रमा सञ्चालन भई रहेका संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । त्यसैगरी सुनसरीकै इनरुवामा पनि निजी क्षेत्रबाट सञ्चालन हुदै आएका विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन ,एन प्याब्सन ,हिसानको अगुवाईमा विद्यार्थी बोक्ने सवारीका कालो झण्डा लगायएर खाली सवारी रयाली निकालियो । रयाली इनरुवाको मुख्य चोक क्षेत्रमा प्रर्दशन गरियो । जिल्ला अन्य पालिकाहरुमा पनि संस्थागत विद्यालय सञ्चालकहरुले रयाली निकालेका थिए । विद्येयकको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका संस्थागत विद्यालय सञ्चालकहरुको पुर्व निर्धारित कार्यक्रम अनुसार देशभर विद्यार्थी बोक्ने सवारीमा कालो झण्डा राखेर आज प्रर्दशन गरिएको छ ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०८२
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





