-
झापा । दमक बहुमुखी सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको वार्षिक साधारण सभालाई विविध सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा सहकारी सँग आबद्ध जेष्ठ सदस्य, उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान गरिएको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोईरालाले सहकारी क्षेत्रलाई सबल बनाउन दमक बहुमुखी सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले सहकारी सदस्यलाई आर्थिक सशक्तीकरणको माध्यमका रूपमा लिनुपर्ने र सहकारीलाई अनुशासित र पारदर्शी बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
साधारण सभामा सहकारी संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले २३ वर्षको यात्रामा सहकारीले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
उनका अनुसार सहकारीले सदस्यलाई मात्र होइन, समाजलाई समेत उत्पादन मूलक, आत्मनिर्भर र समुन्नत बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
News Desk 0 response सोमवार, भदौ १६, २०८२
साधारण सभामा विशेष सम्मान पाउने जेष्ठ सदस्यहरूमा श्यामकृष्ण तासाकार, तिर्थ कुमारी बज्राचार्य, पदम लाल अधिकारी, लालबहादुर तामाङ, कौसिला देवी निरौला, यामबहादुर जिसी, इन्दिरा देवी निरौला, सर्म कुमारी उदास, जिवनाथ खनाल, टिका बहादुर नेपाल लगायत रहेका थिए । उनीहरूलाई सहकारीमा गरेको दीर्घ योगदान र सहकार्यका लागि सम्मान गरिएको हो ।
त्यस्तै, शेयर सदस्यका छोराछोरी मध्ये निजि तथा सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र तथा पुरस्कार सहित सम्मान गरिएको थियो ।
विद्यार्थीलाई प्रोत्साहन गर्न गरिएको यो पहलले उनीहरूलाई अझै अध्ययनमा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
संस्थामा उत्कृष्ट बचत गर्ने सदस्य र समयमै ऋण तिर्ने उत्कृष्ट ऋणीलाई पनि सभामै सम्मान गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुराँगाईले सहकारी संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।
उनका अनुसार सहकारीले स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा हातेमालो गर्न सक्ने धेरै सम्भावना रहेको पनि बताए ।
साधारण सभामा सहकारीका शेयर सदस्य, विभिन्न संघ,सस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३