-
झापा । दमक बहुमुखी सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीको वार्षिक साधारण सभालाई विविध सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा सहकारी सँग आबद्ध जेष्ठ सदस्य, उत्कृष्ट अंक हासिल गरेका विद्यार्थी, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान गरिएको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोईरालाले सहकारी क्षेत्रलाई सबल बनाउन दमक बहुमुखी सहकारीले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले सहकारी सदस्यलाई आर्थिक सशक्तीकरणको माध्यमका रूपमा लिनुपर्ने र सहकारीलाई अनुशासित र पारदर्शी बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
साधारण सभामा सहकारी संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठले २३ वर्षको यात्रामा सहकारीले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।
उनका अनुसार सहकारीले सदस्यलाई मात्र होइन, समाजलाई समेत उत्पादन मूलक, आत्मनिर्भर र समुन्नत बनाउने खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
News Desk 0 response सोमवार, भदौ १६, २०८२
साधारण सभामा विशेष सम्मान पाउने जेष्ठ सदस्यहरूमा श्यामकृष्ण तासाकार, तिर्थ कुमारी बज्राचार्य, पदम लाल अधिकारी, लालबहादुर तामाङ, कौसिला देवी निरौला, यामबहादुर जिसी, इन्दिरा देवी निरौला, सर्म कुमारी उदास, जिवनाथ खनाल, टिका बहादुर नेपाल लगायत रहेका थिए । उनीहरूलाई सहकारीमा गरेको दीर्घ योगदान र सहकार्यका लागि सम्मान गरिएको हो ।
त्यस्तै, शेयर सदस्यका छोराछोरी मध्ये निजि तथा सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र तथा पुरस्कार सहित सम्मान गरिएको थियो ।
विद्यार्थीलाई प्रोत्साहन गर्न गरिएको यो पहलले उनीहरूलाई अझै अध्ययनमा प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
संस्थामा उत्कृष्ट बचत गर्ने सदस्य र समयमै ऋण तिर्ने उत्कृष्ट ऋणीलाई पनि सभामै सम्मान गरिएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुराँगाईले सहकारी संस्था र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।
उनका अनुसार सहकारीले स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा हातेमालो गर्न सक्ने धेरै सम्भावना रहेको पनि बताए ।
साधारण सभामा सहकारीका शेयर सदस्य, विभिन्न संघ,सस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२