• इटहरी । सार्वजनिक स्थलहरुको सरसफाईका क्षेत्रमा सुनसरीको इटहरीमा नाम कमाएको बुल्स एलेभेन क्लव इटहरीले बुढासुब्बा खेलमैदान इटहरीको सरसफाई गरेको छ ।
    युवाहरुले विभिन्न खेलकुदका गतिविधि गर्ने बुढासुब्बा खेलमैदानमा बढेको झार जंगल तथा अन्य फोहोर सरसफाई गर्ने कार्य बुल्र्स एलेभेन क्लव इटहरीले गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्वर २मा रहेको बुढासुब्बा खेलमैदानको सरसफाई शान्ति युवा क्लवको समन्वयमा सरसफाई गरिएको बुल्र्स एलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

    बुल्स एलेभेन उपाध्यक्ष राईले खेलकुदका गतिविधि गर्न सहज वनाउने उद्धेश्यले खेलमैदानको सरसफाई गरिएको समेत वताए । खेलमैदान सरसफाई कार्यक्रम अभियान्ताहरु राजेश राई , भविन आचार्य , राज विष्ट ,बुल्र्स एलेभेनका सदस्यहरु सहित स्थानीयको सहभागिता रहेको थियो । बुल्र्स एलेभेनले इटहरी क्षेत्रमा सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने , वृक्षारोपण गर्ने , कोरनाकालमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्ने , डेगु फैलिएरको समयमा स्प्रे गर्ने , विपदमा परेकाहरुलाई सहयोग गर्ने जस्ता कार्य गर्दै आएको छ ।

4565