• इटहरी । माइती नेपाल परामर्श तथा पुर्नस्थापना केन्द्र इटहरीले वर्ष भरी गरेका गतिविधिहरुलाई समेटेर सामाजिक परिक्षण गरेको छ ।
    माइती नेपाल इटहरीले आर्थिक वर्ष २०८१।०८२मा गरेका २६वटा कार्यक्रम लगायतका गतिविधिहरु समेटेर सामाजिक परिक्षण कार्यक्रम गरेको हो । इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्य तथा माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीको अध्यक्षतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा आर्थिक वर्ष २०८१।०८२मा ५८लाख ६० हजार ८सय ९ रुपैया कुल बजेटमा कार्यक्रमहरु आयोजना गरिएको र १५प्रतिसत प्रशासनिक खर्च कटाएर परियोजना खर्च ५०लाख ३७हजार २सय ७२ रुपैया गरिएको समेत जानकारी गराइयो ।

    माइती नेपाल इटहरीले मानव वेचविखन विरुद्ध घरदैलो कार्यक्रम कानूनी परामर्श , आवासिय तथा गैरआवासिय सिपमुलक तालिम, तालिमपछि आत्मनिर्भरताका लागि सिटी सफारी , सिलाई कटाई मेशिन उपलव्ध गराउने देखि लिएर नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने गरेको जनाइयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी इटहरीकी उपप्रमुख चौधरीले माइती नेपालले चेलीवेटी वेचिन रोक्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आएको र जोखिममा परेका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर वनाउने कार्यमा योगदान पुरयाउदै आएको भन्दै प्रशंषा गरिन ।


    कार्यक्रममा तालिम सहित सिटी सफारी पाएका तथा सिलाइ मेशिन पाएर आर्यआर्जन गर्दै आएका महिलाहरुले माइती नेपालले आफुहरुको जीवन बदलिदिएको सुनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का , महिला सञ्जाल इटहरीकी अध्यक्ष योशा गुरागाई लगायतको आतिथ्य रहेको थियो भने सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

4565