-
इटहरी । माइती नेपाल परामर्श तथा पुर्नस्थापना केन्द्र इटहरीले वर्ष भरी गरेका गतिविधिहरुलाई समेटेर सामाजिक परिक्षण गरेको छ ।
माइती नेपाल इटहरीले आर्थिक वर्ष २०८१।०८२मा गरेका २६वटा कार्यक्रम लगायतका गतिविधिहरु समेटेर सामाजिक परिक्षण कार्यक्रम गरेको हो । इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्य तथा माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीको अध्यक्षतामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरियो । सो अवसरमा आर्थिक वर्ष २०८१।०८२मा ५८लाख ६० हजार ८सय ९ रुपैया कुल बजेटमा कार्यक्रमहरु आयोजना गरिएको र १५प्रतिसत प्रशासनिक खर्च कटाएर परियोजना खर्च ५०लाख ३७हजार २सय ७२ रुपैया गरिएको समेत जानकारी गराइयो ।
माइती नेपाल इटहरीले मानव वेचविखन विरुद्ध घरदैलो कार्यक्रम कानूनी परामर्श , आवासिय तथा गैरआवासिय सिपमुलक तालिम, तालिमपछि आत्मनिर्भरताका लागि सिटी सफारी , सिलाई कटाई मेशिन उपलव्ध गराउने देखि लिएर नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने गरेको जनाइयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी इटहरीकी उपप्रमुख चौधरीले माइती नेपालले चेलीवेटी वेचिन रोक्ने कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आएको र जोखिममा परेका महिलाहरुलाई सिपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर वनाउने कार्यमा योगदान पुरयाउदै आएको भन्दै प्रशंषा गरिन ।

News Desk 0 response शुक्रबार, भदौ १३, २०८२
कार्यक्रममा तालिम सहित सिटी सफारी पाएका तथा सिलाइ मेशिन पाएर आर्यआर्जन गर्दै आएका महिलाहरुले माइती नेपालले आफुहरुको जीवन बदलिदिएको सुनाए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य अमर खड्का , महिला सञ्जाल इटहरीकी अध्यक्ष योशा गुरागाई लगायतको आतिथ्य रहेको थियो भने सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२

हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३