-
सुनसरी । विद्यालय शिक्षा विद्येयकमा समावेश गरिएको पुर्ण छात्रावृत्ती भन्ने शब्द हटाउनु पर्ने लगायतका विभिन्न माग राख्दै आन्दोलनरत सुनसरीका संस्थागत विद्यालय सञ्चालकहरुले जिल्ला व्यापी वृहत अन्तरक्रिया कार्यक्रम गरेका छन ।
News Desk 0 response बुधबार, भदौ ११, २०८२समितिबाट पारित भएर प्रतिनिधि सभामा पेश भएको विद्यालय शिक्षा विद्येयकका केही प्रावधानहरु हटाउनु पर्ने माग राख्दै प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालय सञ्चालकहरु आन्दोलनरत रहेका छन , सोही आन्दोलन अन्तरगत आज जिल्लाहरुमा अन्तरक्रिया आयोजना गर्ने कार्यक्रम अनुसार सुनसरीमा पनि राजनैतिक दल तथा पत्रकारहरुको सहभागितामा अन्तरक्रिया गरिएको हो । विद्यालय शिक्षा विद्येयकमा समावेश गरिएका पुर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेसनरी, शैक्षिक सामग्री, खाजाखाना उपलब्ध गराउनु पर्ने भन्ने प्रावधान खारेज गरिनु पर्ने साथै कम्पनी ऐन अनुसार दर्ता भएर सञ्चालन भई रहेका विद्यालयहरुलाई गैर नाफामुलक वनाउदै लगिने भन्ने वाक्यांस हटाउनु पर्ने माग राख्दै प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालय सञ्चालकहरु आन्दोलन गर्दै आएका छन । सो अन्तरक्रियामा संघीय संसदका सदस्य अशोक कुमार चौधरी ,इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता कुमारी चौधरी , नेपाल पत्रकार महासंघ सुनसरीका सचिव परशुराम वाह्कोटी लगायतका अतिथीहरुको सहभागिता रहेको कार्यक्रममा प्याब्सन ,एनप्याब्सन , हिसानमा आवद्ध संस्थागत विद्यालय सञ्चालकहरुले आफना कुरा राखेका थिए पनि सहभागी अतिथी तथा सरोकारवालाहरुले पनि अन्तरक्रियामा आआफनो धारणा राखेका थिए । अन्तरक्रियामा प्याब्सन सुनसरी अध्यक्ष थानेश्वर ढकाल , हिसान सुनसरी अध्यक्ष सागर भट्टराई सहित एनप्याब्सन लगायतका संस्थागत विद्यालयका सञ्चालक ,प्रिन्सिपल ,राजनैतिक दलका प्रतिनिधि , सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३