इटहरी । जीवन विज्ञान योग प्रयोगशाला केन्द्र इटहरी १६ को आयोजनामा नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । इटहरीको लवीपुर चोकमा जीवन विज्ञान योग प्रयोगशाला इटहरी १६ले प्रतियोगितात्मक तीज गितमा नृत्य सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । जीवन विज्ञान इटहरी १६का अध्यक्ष सुर्य गिरीको अध्यक्षता तथा जीवन विज्ञान शिक्षा वृत्त केन्द्रकी सहसंयोजक वालिका खड्का भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न तीज गितमा प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि भट्टराईले हरितालिका तीजलाई महिलाहरूको आत्मबल, साहस र आपसी एकताको पर्वका रूपमा स्मरण गर्दै यस्ता सांस्कृतिक गतिविधिले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरिन् । मानव स्वास्थ्यका लागि योग महत्वका विषयमा जानकारी सहित योग अध्यास प्रशिक्षण गराउदै आएको जीवन विज्ञानले महिलाहरुको महान चार्डका अवसर पारेर कार्यक्रमको आयोजना गरिएको जीवन विज्ञान योग प्रयोगशाला इटहरी १६ की सचिव एन्जिला चौलागाँईले जानकारी गराइन । प्रतियोगितात्मक नृत्य कार्यक्रममा विभिन्न वडाबाट आएका समूहले सहभागिता जनाएका थिए । सहभागीहरूले तीजका परम्परागत भाकामा आधारित नृत्य प्रदर्शन गरेका थिए । निर्णायक मण्डलले मौलिकता, तालमेल, लय र प्रस्तुतिकरणलाई आधार मानेर उत्कृष्टहरु छनौट गरेको थियो । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १७का वडाध्यक्ष प्रभात आचार्य , सेभेन स्टार क्लव इटहरीका अध्यक्ष नवराज पौडेल, इलाका प्रहरी कार्यलय पकलीका प्रमुख प्रहरी निरिक्षक लेखनाथ दाहाल, जिवन विज्ञान योग प्रयोगशाला इटहरी १६ की प्रशिक्षक निर्मला आचार्य काफ्ले, टिकादेवी अधिकारी, प्रविना सुवेदी त्यसैगरी इटहरी १७ की प्रशिक्षक सानु प्रधान,टिका देवी अधिकारी लगायतको आतिथ्य रहेको थियो ।