• इटहरी । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजका दिन सुनसरीको इटहरी ५ सिमरवनामा तीज गित तथा नाच सहित विशेष तीज साँस्कृतिक कार्यक्रम आयोजना गरियो ।

     आफनो पतिको दिर्घायु र सुयोग्य पति पाउ भन्ने कामना सहित महिलाहरु हरितालिका तीजका दिन व्रत बस्ने गरेका छन । व्रत वसेको दिन भएपनि दिदी वहिनी,सासु वुहारीहरु भेला भएर रमाइलो गर्दै तीज गितमा नाचगान गर्ने गरे झै सिमरवनामा पनि नाचगान सहितको तिज विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । सिमरवना दिदीवहिनी समुहको आयोजनामा तीज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।  सो कार्यक्रममा भोकै व्रत वसेपनि दिदीवहीनीहरु उत्साहजनक रुपमा तीज गितमा रमाइलो गर्दै नाचगान गरेका थिए । सो कार्यक्रममा कलाकार कृष्ण नेपालले हास्यव्यगं प्रस्तुत गरेका थिए । दुर्गा खड्काको अध्यक्षता तथा पतञ्जली योग समिति इटहरीकी अध्यक्ष उर्मिला कट्वालको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको अवसरमा स्तानिय २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।  कार्यक्रमकी अध्यक्ष दुर्गा खड्काले तिज विशेष कार्यक्रमलाई आगामी वर्षहरुमा पनि  निरन्तरता दिदै जाने साथै समुहले महिलाहरुको हकहितका क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको जानकारी गराईन । चार्डपर्व परम्पराहरुलाई जर्गना गर्ने उद्धेश्यले कार्यक्रमहरु आयोजना गरिदै आएको समेत जनाइयो । कार्यक्रममा जनता वहुमुखी क्याम्पस इटहरीका सञ्चालक समिति उपाध्यक्ष तीर्थराज पराजुली ,सिमरवना साकोसका अध्यक्ष प्रकास चन्द्र बस्नेत , ज्योति मावि इटहरीका अध्यक्ष इश्वरविक्रम शाह लगायतको आतिथ्य रहेको थियो ।

4565