-
इटहरी । नेपाली फेशन ब्राण्ड चिन्नो ले आगामी भदौ १३, १४ र १५ गते इटहरीमा वेयर हाउस सेल्स आयोजना गर्ने भएको छ । उक्त जानकारी सोमबार इटहरी स्थित सोल्टी वेस्टेन्डमा सम्पन्न पत्रकार सम्मेलन मार्फत गराइएको हो ।
कार्यक्रममा ब्राण्डका प्रोपाइटर नवराज वजगाईँले नेपालमै उत्पादन हुने वस्तुहरूको बजार विस्तारका लागि देशका विभिन्न शहरमा व्यापार मेला आयोजना गर्दै जाने योजना रहेको जानकारी गराए । उनले पूर्वी नेपालको प्रमुख व्यापारिक शहरहरू—वितामोड, दमक, इटहरी, विराटनगर, धरान हुँदै भारतको सिलगुडीसम्म चिन्नो ब्राण्डको शाखा विस्तार गर्ने तयारी भइरहेको बताए ।
त्यस्तै, कम्पनीका सञ्चालक अभिषेक बज्राचार्यले नेपाली उत्पादनलाई स्वदेशमै प्रभावकारी रूपमा बजार विस्तार गर्न सकिने सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गर्दै चिन्नो ब्राण्डलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने लक्ष्य रहेको पनी उल्लेख गरे ।

हाल चिन्नो ब्राण्डले १३ वर्षदेखि ४० वर्षसम्मका महिलालाई लक्षित गरी करिब ८ हजार भन्दा बढी डिजाइनका पोसाकहरू उत्पादन र वितरण गर्दै आएको छ । आगामी दिनमा पुरुषहरूको लागि समेत पोसाक उत्पादन गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।
आयोजकका अनुसार भदौ १२ गते कार्यक्रम होलसेल खरिदकर्ताका लागि मात्र खुला हुनेछ भने भदौ १३, १४ र १५ गते सर्वसाधारणका लागि विशेष बिक्री हुनेछ । उक्त अवसरमा रु। ३९९ बाट सुरु हुने दरमा गार्मेन्टकै मूल्यमा पोसाक उपलब्ध गराइनेछ । कार्यक्रम इटहरीको दुर्गा पाटी प्यालेसमा हुनेछ ।
पत्रकार सम्मेलनमा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा, व्यवसायी श्याम भण्डारी, रविन बराल, ज्ञानेन्द्र दाहाल साथै विभिन्न सामाजिक सञ्जालका टिकटकर्सहरूको पनि सहभागिता रहेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२