• इटहरी । किरात राई सुम्निमा संघ जिल्ला कार्य समिति सुनसरीले आफ्नै भवनको दोस्रो तल्ला निर्माण सम्पन्न गरी एक समारोहका बीच उद्घाटन गरेको छ ।
    संघको इटहरी–५ स्थित भवनको दोस्रो तल्ला निर्माणका लागि स्थानीय दाताहरू र इटहरी उपमहानगरपालिकाको सहयोगमा जम्मा ११ लाख ८९ हजार ६ सय ६९ रुपैयाँ संकलन भएकोमा, ११ लाख ४६ हजार १ सय ५ रुपैयाँ खर्च भएको संघले जानकारी गराएको छ ।
    संघकी अध्यक्ष सबिता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलको प्रमुख अतिथि रहेका थिथो ।

    कार्यक्रममा भवन निर्माणमा योगदान पु¥याउने दिपकला राई, निर्माण व्यवसायी र अन्य दाताहरुलाई कदरपत्रले सम्मान गरिएको छ ।
    अध्यक्ष सबिता राईले हालसम्म कार्यालय र सभाहल एउटै स्थानमा रहेको कारण विभिन्न कार्यक्रम सञ्चालन गर्दा प्राविधिक तथा व्यवस्थापनका कठिनाइहरू आइपर्ने गरेको बताउँदै, भवन निर्माण सम्पन्न भएपछि भने कार्यालय छुट्टै स्थानमा रहने र सभाहलमा विभिन्न कार्यक्रम, छलफल, बैठक र महिलाहरूको क्षमता अभिवृद्धि गर्ने तालिमहरूमा सहज रूपमा सञ्चालन गर्न सकिने बताइन ् ।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हेमकर्ण पौडेलले संघको भवन निर्माणलाई आदिवासी जनजातिहरूको सामाजिक तथा सांस्कृतिक उत्थानको दृष्टिले ऐतिहासिक उपलब्धि भएको बताए । उनले यो कुनै राजनीतिक गतिविधि नभई, सामाजिक र सांस्कृतिक आवश्यकता पूर्तिका लागि गरिएको पहल भएको स्पष्ट पारे ।
    प्रमुख पौडेलले आदिवासी जनजातिका १६ वटा जातिहरूका लागि छुट्टाछुट्टै भवन निर्माण गर्ने योजना रहेको जानकारी दिंदै, आगामी वर्षभित्र सबै जाति समुदायका लागि भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    उनले भवनहरू केवल भौतिक संरचनाको रूपमा मात्र सीमित नहुने, बरु समुदायका सदस्यहरूले दुःख–सुख बाँड्ने, आपसी छलफल गर्ने, अनुभव आदानप्रदान गर्ने र संस्थागत विकासलाई दीर्घकालीन रूपमा टेवा पु¥याउने केन्द्रका रूपमा विकास हुने बताए ।
    उद्घान कार्यक्रममा इटहरी उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराई, किरात राई यायोक्खा केन्द्रिय सदस्य कमाला राई ,किरात राई वान्तावा खिमका केन्द्रिय अध्यक्ष ज्ञान किराती, किरात राई सुम्निमा संघकी केन्द्रिय सचिव माया राई लगायतको सहभागिता रहेको थियो ।

4565