• इटहरी । सुनसरीको इटहरीस्थित नमुना कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शुक्रवार एक कार्यक्रम गरि स्वागत सँगै रमाइलो सांस्कृतिक कार्यक्रम सम्पनन गरेको छ ।
    भर्ना भएका ५ सय नयाँ विद्यार्थीहरूलाई कलेजका अध्यक्ष केशव खडका, प्रमुख धर्म न्यौपाने ,कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेशका प्रमुख दामोदर चापागाँई लगायतले अबिर खादा लगाएर सवागत गरेका थिए ।
    सोही समारोह बिच विभिन्न समयमा शैक्षिक क्ष्ेत्रको उत्थान तथा विद्यार्थीहरु लाई गुणस्थरिय शिक्षा प्रदान गर्दै आएको इटहरीका २० वटा निजी तथा सामुदायिक विद्यालयहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।

    कार्यक्रममा कक्षा ११ विद्यार्थीहरु लाई कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले स्वागत गरेका हुन ।
    कार्यक्रममा विद्यार्थीहरूले आफूभित्र भएको कलालाई स्टेजमा प्रस्फुटन गर्दै नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
    त्यस्तै हास्य कलाकार तथा नृत्य निर्देशक तुलसी घिमिरेले विभिन्न गीतहरू गाएर विद्यार्थीहरूलाई आफू सँगै नचाएर मनोरञ्जन गराएका थिए ।
    कलेज प्रमुख धर्म न्यौपाने अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड कोसी प्रदेशका प्रमुख दामोदर चापागाँईको प्रमुख अतिथ्यमा भएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी चापागाँइले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै आगामी शैक्षिक यात्रा उज्ज्वल बनाउन प्रेरणादायी मन्तव्य राखेका थिए ।

    उनले विद्यार्थी जीवनलाई भविष्य निर्माणको आधारशिला भन्दै अनुशासन, मेहनत र सकारात्मक सोचको महत्वलाई जोड दिए ।
    कलेजको शिक्षण पद्धति, व्यवस्थापन र वातावरणप्रति उच्च प्रशंसा व्यक्त गर्दै ‘नमुना’ नाम जस्तै वास्तवमै यो संस्था नमुना बन्न सफल भएको टिप्पणी गरे । उनले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्ने विश्वास व्यक्त गरे ।
    किताबी ज्ञान सँगै सिप र प्रविधि सँग विद्यार्थीहरूलाई जोडेर हरेक क्षेत्रमा अब्बल बनाउँदै आएको इटहरी नमुना कलेजले यो वर्ष ५ सय विद्यार्थीहरू भर्ना गर्न सफल भएको छ ।
    शान्त वातावरण, सुविधा सम्पन्न पूर्वाधारमा सिकाई,दक्ष शिक्षक र प्रविधिमैत्री शिक्षण पद्धति पर्याप्त स्रोतको उपलब्धता, अनुभवी र दक्ष शिक्षक, अत्याधुनिक कम्प्युटर सहितको ल्याब, ई–लाइब्रेरीको व्यवस्था, साइन्स ल्याब, अनुभवी सेफ सहितको होटेल म्यानेजमेन्ट ल्याबका साथै विद्यार्थीहरू विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी गराइ अब्बल बनाउदै आएको छ ।

4565