• इटहरी । पतञ्जली योग समिति इटहरीले नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर योगद्धारा महिला सशक्तीकरण विषय अन्तरक्रिया आयोजना गरेको छ ।

    महिलाहरुलाई लक्षित गरि पतञ्जली योग समिति इटहरीले योगद्धरा महिला सशक्तीकरण विषयक अन्तरक्रिया तथा तीज तथा जितिया पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । पतञ्जली योग समिति इटहरीकी अध्यक्ष उर्मिला कटुवालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पर्व केन्द्रित शुभकामना आदान प्रदान सहित योगका विषयमा अन्तरक्रिया सहित योग प्रशिक्षण समेत गरिएको थियो ।

    कार्यक्रममा योग आफुमा भएको तनाव व्यवस्थापन सहित शारिरीक तथा मानसिक स्वास्थ्यका फलदायी हुने जानकारी गराइयो ।

    विदुर थापाको संयोजन रहेको कार्यक्रममा जीवन विज्ञानकी प्रशिक्षक समेत रहेकी समाजसेवी बालिका खड्का भट्टराई , मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल , इटहरी उपमहानगरपालिका वडा नम्बर ६की रमिला तामागं , प्रतिष्ठा पोखरेल योग प्रशिक्षक मिस्टरप्रसाद चौधरी लगायतले अन्तरक्रियामा विभिन्न विषयमा छलफल सहित आफना भनाईहरु राखेका थिए ।

4565