• धरान । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर राष्ट्यि सौन्दर्यकर्मी युनियन नेपाल धरानले तीज स्पेशल कार्यक्रमको आयोजना गरेर विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउदै आएका महिलाहरुलाई सम्मान गरेको छ ।

    धरान उपमहानगरपालिकाको वडा नम्बर १८मा रहेको लुलु होटलमा आयोजना गरिएको तीज स्पेशल कार्यक्रममा उद्यमशिल , कलाकारिता , सौन्दर्यकला लगायतका क्षेत्रमा महत्वपुर्णं योगदान गर्ने महिलाहरुलाई सम्मान गरिएको हो । राष्ट्यि सौन्दर्यकर्मी युनियन नेपाल धरानकी अध्यक्ष सुनिता श्रेष्ठको अध्यक्षता तथा कोकी प्रदेश सभा सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिएको तीज स्पेशल कार्यक्रममा उद्यमी तथा शीप प्रशिक्षक पूर्णकला मास्के, गायिका तथा कलाकार अम्बिका दवाढी (ढकाल), समाजसेवी शीला बज्रचार्य, धार्मिक अभियान्ता दुर्गा काफले, सामाजसेवी तथा शिक्षासेवी कोपिला भट्टराई , कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सभा सदस्य मिना श्रेष्ठ , लामो समय देखि धरानमा सिटी सफारी चलाउदै आएकी रिना लामा , बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सरसफाइमा काम गर्दै आएकी सिता विक लगायत १६जनालाई सम्मान गरियो

    । कोशी प्रदेश सभाकी पुर्व सदस्य साबित्री जोशी लगायतको आतिथ्य रहेको सो कार्यक्रममा महिलाहरुलाई दर खुवाउने तथा गायिका गंगा गौतम आचार्य , अम्बीका दवाडी ढकाल , सरस्वती रिमाल लगायतको सांगितीक प्रस्तुतिले सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।

    हालै दुई वटा म्युजिक भिडियो सहितको तीज गित ल्याएकी गायिका गंगा गौतम आचार्यले आफना तीज गितहरु गाएकी थिइन त्यसै गरी अम्बीका दवाडी सरस्वती रिमालले पनि विभिन्न गितहरु गाएका थिए । तीजको अवसर पारेर समाजका अग्रणी महिलाहरुलाई सम्मान गर्न तीज स्पेशल कार्यक्रमको आयोजना गरिएको राष्ट्यि सौन्दर्यकर्मी युनियन नेपाल धरानकी अध्यक्ष सुनिता श्रेष्ठले जानकारी दिइन ।

4565