-
धनकुटा । धनकुटामा अन्तराष्ट्रिय स्तरको ग्वोबल मेघा रक्तदान अभियान अन्र्तगत ग्वोबल मेघा रक्तदान शिविर सञ्चालन गरिने भएको छ ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाले नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखा र जिल्ला अस्पताल धनकुटाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय स्तरको ग्वोवल मेघा रक्तदान अभियान सञ्चालन गर्ने भएको हो ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाको आयोजनामा जिल्ला अस्पताल धनकुटामा पहिलोपटक यही भदौ ६ गते शुक्रबार विहान ८ बजे अन्तराष्ट्रिय स्तरको ग्वोवल मेघा रक्तदान अभियान सञ्चालन हुन लागेको हो ।
धनकुटा जिल्ला अस्पतालमा हुने सो अन्तराष्ट्रिय स्तरको ग्वोवल मेघा रक्तदान अभियानमा धनकुटाका सरकारी कार्यालय, सुरक्षा निकाय, विद्यार्थी, सर्वसाधारण लगायतको करिब एकसय वढिले रक्तदान गरिने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटा समाज सेवा प्रभाग संयोजक निर्मला ढकालले अपेक्षा गरिएको बताउनु भयो ।
News Desk 0 response बुधबार, भदौ ४, २०८२
ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणीको पावन स्मृतिमा ग्लोबल मेगा रक्तदान शिविर सञ्चालन गरी जीवन बचाउन, आशा जगाउन । अपरिचितलाई नयाँ जीवन दिन “एक थोपा रगत, अनन्त आशिर्वाद” भन्ने अभियानका साथ विश्वभर (अगष्ट २२ देखि २५ अगष्ट) भदौ ६ गते देखि ९ गतेसम्म ग्लोबल मेगा रक्तदान शिविर सञ्चालन गरिने भएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मुख्यालयका सञ्चार सेवा प्रभागका संयोजक रामश्वरम भाईजिले बताउनु भयो ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाका सञ्चालिका निर्मला ढकालको सभापतित्व एवं जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ्गको प्रमुख आतिथ्यतामा भएको सर्वपक्षीय छलफल कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरत कुमार थापा क्षेत्री, सशसत्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका डिएसपी प्रेम प्रसाद सिग्देल, भीमदल गण सल्लेरी ब्यारेकका सेनानी मन्दिप राई, राष्ट्रिय अनुसन्धान कार्यालय धनकुटाका रामेश्वर बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३





