-
सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकालाई उज्यालो गाउँपालिका वनाउने अभियान अन्तरगत विभिन्न वडाहरुलाई उज्यालो वडा घोषणा गर्ने क्रम जारी रहेको छ ।
वडा नम्बर ५बाट सुरु भएको उज्यालो वडा घोषणा गर्ने अभियान सुरु अन्तरगत वडा नम्बर ६लाई एक औपचारिक कार्यक्रमको आयोजना गरि उज्यालो वडा घोषणा गरिएको हो ।
मरिण गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष हर्कविर माझी को अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन ) को प्रमुख आतिथ्यमा भएको उज्यालो वडा घोषणा गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी दाहालले पर्यटकीय क्षेत्रका रुपमा रहेको मरिणमा विद्युतिकरण गर्ने कार्य गरिएको छ,सिचाईको व्यवस्था वडावडामा भईरहेको छ भन्दै खानेपानीको कामहरु समेत हुदै आएको वताए ।
उज्यालो गाउँपालिका घोषणा गर्ने अभियान अन्तरगत वडाहरुलाई उज्यालो वडा घोषणा गरिदै आएको र सम्पुर्ण वडाहरु उज्यालो वडा घोषणा भई सकेपछि गाउँपालिकालाई नै उज्यालो गाउँपालिका घोषणा गरिने विशिष्ट अतिथि पालिका अध्यक्ष विमर्श मोक्तानले जानकारी गराए ।
वडालाई उज्यालो वडा घोषणा गर्ने कार्यक्रम अन्तरगत वडामा रहेका घरघरमा विद्युत लाइन जडान गरेर घोषणा गर्ने कार्य गरिदै आएको छ । वडा नम्बर ६लाई उज्यालो वडा घोषणा गर्ने कार्यक्रममा संविधान सभा सदस्य तुलवहादुर माझी , मरिण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास , उपाध्यक्ष विमला माझी , नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रका प्रमुख शिशिर लम्साल , वडा नम्बर ६का वडाध्यक्ष हर्कविर माझी ,इलाका प्रहरी कार्यालय मरिणका प्रमुख वेनुप कार्की , गोरखापत्रकर्मी कोकिला भण्डारी, स्थानीय समाजसेवी , व्यवसायी , स्थानीय लगायतको सहभागिता रहेको थियो ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३





