• इटहरी । पूर्वेली क्लव इटहरीको दोस्रो अधिवेशनले पुन ः झलक वनको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।

    तेस्रो वार्षिक साधारण सभा सहितको अधिवेशनले क्लवको उपाध्यक्षमा अनन्तराम घिमीरे , सचिवमा सरोज गिरी , कोषाध्यक्षमा दिलु कार्की र उपसचिवमा घनेश्वर राईलाई चयन गरेको जनाइएको हो । सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिका सदस्यहरुमा रविन रेग्मी , शिवकुमारी गौतम ,दिपक कटुवाल ,मिलन पुरी, दुर्गा आर्चाय र गौरी रेग्मी रहेका छन ।

    क्लवका अध्यक्ष झलक वनको अध्यक्षता तथा अल्ट्युच्ट क्लव इटहरी अध्यक्ष पिताम्वर तिम्सिनाको प्रमुख आतिथ्यमा क्लवको अधिवेशन तथा वार्षिक साधारण सभाको खुल्ला सत्र सम्पन्न भएको थियो ।

    क्लवले विगतका दिनहरुमा विभिन्न खेलकुद प्रतियोगिता सहित सरसफाई लगायतका समाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारका कार्यहरुलाई निरन्तरता दिदै जाने अध्यक्ष झलक बनले जानकारी दिए । अधिवेशनको खुल्ला सत्रमा वेष्ट एण्ड इन्भारो मेनेजमेन्टका अध्यक्ष देशवन्धु कार्की, इटहरी उपमहानगरपालिका सामाजिक विज्ञ चन्द्र भट्टराई लगायत आतिथ्य रहेको थियो ।

4565