-
इटहरी । नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर सुनसरीको इटहरीमा रहेको पूर्वाञ्चल अपागं र असाहय वृद्धा सेवा केन्द्रले सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाकी अध्यक्ष तृप्ता मगरको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थको प्रमुख आतिथ्यमा संस्थाकै सभाहलमा सम्मान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा इटहरी क्षेत्रका सक्रिय तथा संघषशिल महिलाहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा इटहरी उपमहानगरपालिका वडा नम्बर १का महिला सदस्यद्धय विष्णुमाया नेपाली ,कुमुददेवी चौधरी , सञ्चारकर्मी लक्ष्मी थेवे ,सामाजिक अभियन्ता पुनम थापा मगर लगायत रहेका छन ।

कार्यक्रमकी प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थले अपागंता भएका महिलाहरुले सञ्चालन गरेको संस्थाले समाजमा उदारणीय काम गर्ने महिलाहरुलाई सम्मान गर्ने कार्य गर्नु प्रशंषा योग्य रहेको वताइन । संस्थाकी अध्यक्ष तृप्ता मगरले नारीहरुले पनि केही गर्न सक्छन त्यसमा पनि अपागंता भएका व्यक्तीहरुले पनि यही समुदायमा स्थापित भएर काम गरिरहेको छौं भन्दै समुदायमा राम्रो काम गर्ने महिलाहरुलाई हामीले पनि केही गर्नु पर्छ भनेर सम्मान गरिएको वताइन ।

कार्यक्रममा विभिन्न संघ सस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो । तीज विशेष कार्यक्रममा सहभागीहरुलाई दर खुवाउने देखि लिएर तीज गितमा नाचगान समेत गरिएको थियो । अपागंता भएका महिलाहरुले सञ्चालन गरेको सो सस्था सञ्चालनमा सहयोग होस भनेर कार्यक्रमका सहभागी केहीले आर्थिक सहयोग समेत गरेका थिए ।
News Desk 0 response मङ्लबार, भदौ ३, २०८२
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





