-
इटहरी । डेढ अर्ब वढी कुल पुँजी र २८हजार वढी सेयर सदस्य रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले गत आर्थिक वर्षको समिक्षा सहित चालु आर्थिक वर्षको वार्षिक लक्ष्य हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ ।
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटडका पदाधिकारी , शाखा प्रमुख तथा सेयर सदस्यहरुको सहभागितामा आर्थिक वर्ष २०८१ । ८२मा संस्थाले गरेका गतिविधिहरुको समिक्षा सहित चालु आर्थिक वर्ष २०८२ । ८३को वार्षिय लक्ष्यका विषयमा जानकारी सहित हस्तान्तरण कार्यक्रम गरिएको हो । सहकारी अध्यक्ष शालिकराम ढकालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष तेजनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष ढकालले कार्यकारी अधिकृत पुस्कर बस्नेतलाई आर्थिक वर्ष २०८२ । ८३को वार्षिक लक्ष्य हस्तान्तण गरे ।

सो अवसरमा वार्षिक लक्ष्यमा समेटीएका विषयहरु सेयर सदस्यहरुलाई समेत जानकारी गराइएको थियो । अध्यक्षले हस्तान्तरण गरेको वार्षिक लक्ष्य कार्यकारी अधिकृत बस्नेतले ९ वटै शाखा प्रमुखलाई हस्तान्तरण गरे ।

सोही कार्यक्रममा गत आर्थिक वर्ष २०८१ । ८२मा सहकारीले २१करोड ७६लाख आम्दानी गर्ने लक्ष्य राखेकोमा १५करोड ५७लाख आम्दानी गरेर ७१दशमलव ५६ प्रतिसत उपलव्धी हासिल गरेको समेत जानकारी गराइयो । सहकारीले आगामी लक्ष्यमा सदस्यता विस्तार गर्ने , लगानी वढाउने , कर्जा असुली वढाउने लगायतका विषयहरु समावेश गरेको छ ।

कार्यक्रममा सहकारीका प्रमुख सल्लाहकार कृष्ण विनोद लम्साल सहित पदाधिकारीहरु , सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
News Desk 0 response सोमवार, भदौ २, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३





