-
इटहरी । शैक्षिक दृष्टिकोणले पुर्वी नेपालमा नाम कमाउन सफल विश्व आर्दश कलेज इटहरीले उत्कृष्ण नतिजा ल्याउने विद्यार्थी सहित अभिभावकहरुलाई सम्मान गरेको छ ।
कक्षा ११मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२को परिक्षामा ए प्लस नतिजा ल्याउने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । विश्व आर्दश कलेज इटहरीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा हालै प्रकासित कक्षा १२को परिक्षामा साइन्स तर्फ ए प्लस ल्याउने ३१ जना र मेनेजमेन्ट तर्फ ए प्लस ल्याउने १८ जना विद्यार्थी र विद्यार्थीका अभिभावकहरुलाई सम्मान पत्र सहित सम्मान गरेको छ । त्यसै गरी कक्षा ११मा भर्ना भएका ८सय १४जना नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । सोही अवसरमा आयोजना गरिएको विश्व आर्दश ताज प्रतियोगितामा ताज पहिरन सफल विद्यार्थी इसाक वनलाई ताज सहित नगद २५हजार प्रदान गरियो ।
त्यसै गरी फष्ट रनर अफ तपस्या भण्डरीलाई नगद २०हजार सेकेण्ड रनरअफ अन्शु खड्कालाई १५हजार नगद , तेस्रो हुने अनुज राईलाई नगद १०हजार र चौथो दिपिक्षा श्रेष्ठलाईलाई ५ हजारले पुरस्कृत गरियो ।
त्यस्तै उकृष्ट सम्मानित हुने अर्पना श्रेष्ठ, एलिना श्रेष्ठ,सोहाना श्रेष्ठ,साइस्ता विष्ट लाई उत्कृष्ठ सम्मान गरिएको थियो ।
ताज कार्यक्रमको निणार्यमा शुभेक्षा कार्की , संगिना चौधरी र सौरभमान भण्डारी रहेका थिए ।
विद्यार्थीहरुलाई शैक्षिक तथा अतिरिक्त गतिविधिमा सहभागिता गराने क्रममा विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्दै आएको कलेजका प्राचार्य गणेशकुमार दुलालले जानकारी गराए ।
News Desk 0 response सोमवार, भदौ २, २०८२
कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थीहरुले सांगितीक कार्यक्रम आयोजना गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३

काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३