-
इटहरी । भाद्र कृष्ण अष्ठमीका दिन सुनसरीको इटहरीमा रहेको राधाकृष्ण शिव मन्दिरमा विशेष धुमधामका साथ कृष्ण जन्माष्ठमी मनाउने र भोली पल्ट राधाकृष्णको रथ यात्रा निकाल्ने गरिए झै यस वर्ष पनि रथ यात्रा निकालिएको छ ।
News Desk 0 response आइतवार, भदौ १, २०८२राधाकृष्ण शिव मन्दिरमा औपचारिक कार्यक्रमको आयोजना गरि रथ यात्रा निकालिएको हो । राधाकृष्ण शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष विश्व रिजालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गरि इटहरीमा राधाकृष्णको रथ यात्रा निकालियो । राधाकृष्ण शिव मन्दिरबाट सुरु भएको रथ यात्रा मुख्य चोक हुदै पश्चिम टफिक अफिस , हुदै आर्मी क्याम्प छेउ भएर पुन मुख्य चोक आइपुगेर पुर्व मिलन चोक सम्म पुगेर पुनः राधाकृष्ण शिव मन्दिरमा आएर रथयात्रा समापन गरियो । रथयात्रामा ठुलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रामा सहभागी भक्तजनहरुलाई लक्षित गरी विभिन्न संघ सस्थाहरुले ठाउँठाउँमा पिउने पानी र सर्वतको समेत व्यवस्था मिलाएका थिए । रथयात्रामा भक्तजनहरु श्रीकृष्णका भर्जनकिर्तनमा नाचगान गर्दै उत्साहपुर्वक सहभागिता जनाएका थिए । रथ यात्राका क्रममा विभिन्न देवदवीका रुपमा मानिसहरुलाई सजाएर धार्मिक झाकी पनि निकालिएको थियो । रथयात्रामा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरी , विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मीहरु , इस्कोन इटहरी , नेवा पुचः इटहरी , हलुवा सेवा समिति इटहरी , पतञ्जली योग समिति इटहरी लगायतका संघसस्थाहरुको संस्थागत रुपमा सहभागित रहेको थियो । रथ यात्रा निकाल्नु भन्दा अघि आयोजना गरिएको औपचारिक कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी , कोशी प्रदेश सभा सदस्य मिना कुमरी श्रेष्ठ , इटहरी उपमहानगरपालिका वडा नम्बर ५का वडाध्यष भिष्मकुमार घिमीरे ,समाजसेवी मुकुन्द भट्टराई , पतञ्जली योग समिति इटहरीकी अध्यक्ष उर्मिला कटुवाल , छट सेवा समितिका अध्यक्ष मनोज चौधरी लगायतको आतिथ्य रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शनिबार, बैशाख १९, २०८३