• इटहरी । सुनसरीको इटहरी–८ मा रहेको निर्माण टोल विकास संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ ।
    वार्षिक साधारण सभाको अवसरमा जेष्ठनागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिदै यस वर्ष पनी जेष्ठनागरिक बेलकुमारी श्रेष्ठ र कुलबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो भने, एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी सुदर्शन याख्खा र सिम्रन श्रेष्ठ सम्मान गरेको छ ।
    सम्मानित व्यक्तिहरूलाई संस्थाले सम्मान पत्र प्रदान गरीएको थियो ।
    सभालाई संस्थाका अध्यक्ष रत्न बहादुर डुम्जन तामाङले सम्बोधन गर्दै निर्माण टोल विकास संस्थाले विगतदेखि नै सामाजिक उत्थान, शैक्षिक विकास, र समुदायबीच एकता तथा सहकार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।

    उनले स्थानीय स्तरमा सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वबोधलाई अझ मजबुत बनाउँदै लैजानु पर्ने पनी बताए ।
    कार्यक्रममा प्रमुख अतिथि नागरिक समाज इटहरीका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जनले टोल र समाजमा सबैखाले मान्छे हुने र राज्यले समावेसि नारा लगाए अनुरूप समावेसि समाज हुनु पर्ने डुम्जन वताए ।

    यसै अवसरमा सम्पन्न अधिवेशनले सर्वसम्मत खगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
    त्यस्तै उपाध्यक्ष इन्दिरा श्रेष्ठ,सचिवमा चन्द्रशेखर श्रेष्ठ,सहसचिवमा इन्दिरा कटुवाल,कोषाध्यक्षमा प्रमिला नेपाल र सदस्यहरू लक्ष्मी श्रेष्ठ, सिता कार्की, मोहन भुजेल र निरा नेपाललाई सर्व सम्वत चयन गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थालाई अझ सक्रिय, पारदर्शी र परिणाममुखी बनाउन आफ्नो नेतृत्व टोली कटिबद्ध रहने बताएका छन् । उनले सामाजिक विकासका क्षेत्रमा निर्माण टोल विकास संस्थालाई नमूना संस्थाका रूपमा परिचित गराउनका लागि सबै सदस्य र स्थानीयवासी सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार अबध नारायण मेहता, संयोजक चक्र बहादुर कार्की, मितेरी बैंक झुम्का शाखाका प्रमुख यादव प्रसाद अधिकारी, कृष्ण भजन समूहकी अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

4565