-
इटहरी । सुनसरीको इटहरी–८ मा रहेको निर्माण टोल विकास संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभाको अवसरमा जेष्ठनागरिक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिदै यस वर्ष पनी जेष्ठनागरिक बेलकुमारी श्रेष्ठ र कुलबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो भने, एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी सुदर्शन याख्खा र सिम्रन श्रेष्ठ सम्मान गरेको छ ।
सम्मानित व्यक्तिहरूलाई संस्थाले सम्मान पत्र प्रदान गरीएको थियो ।
सभालाई संस्थाका अध्यक्ष रत्न बहादुर डुम्जन तामाङले सम्बोधन गर्दै निर्माण टोल विकास संस्थाले विगतदेखि नै सामाजिक उत्थान, शैक्षिक विकास, र समुदायबीच एकता तथा सहकार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।
उनले स्थानीय स्तरमा सहकार्य, सद्भाव र सामाजिक उत्तरदायित्वबोधलाई अझ मजबुत बनाउँदै लैजानु पर्ने पनी बताए ।
कार्यक्रममा प्रमुख अतिथि नागरिक समाज इटहरीका पूर्व अध्यक्ष सन्तबहादुर डुम्जनले टोल र समाजमा सबैखाले मान्छे हुने र राज्यले समावेसि नारा लगाए अनुरूप समावेसि समाज हुनु पर्ने डुम्जन वताए ।
यसै अवसरमा सम्पन्न अधिवेशनले सर्वसम्मत खगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यस्तै उपाध्यक्ष इन्दिरा श्रेष्ठ,सचिवमा चन्द्रशेखर श्रेष्ठ,सहसचिवमा इन्दिरा कटुवाल,कोषाध्यक्षमा प्रमिला नेपाल र सदस्यहरू लक्ष्मी श्रेष्ठ, सिता कार्की, मोहन भुजेल र निरा नेपाललाई सर्व सम्वत चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थालाई अझ सक्रिय, पारदर्शी र परिणाममुखी बनाउन आफ्नो नेतृत्व टोली कटिबद्ध रहने बताएका छन् । उनले सामाजिक विकासका क्षेत्रमा निर्माण टोल विकास संस्थालाई नमूना संस्थाका रूपमा परिचित गराउनका लागि सबै सदस्य र स्थानीयवासी सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
News Desk 0 response आइतवार, भदौ १, २०८२
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार अबध नारायण मेहता, संयोजक चक्र बहादुर कार्की, मितेरी बैंक झुम्का शाखाका प्रमुख यादव प्रसाद अधिकारी, कृष्ण भजन समूहकी अध्यक्ष इन्दिरा श्रेष्ठ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





