• इटहरी । युवाहरूलाई सामाजिक सेवा र नेतृत्वमा सक्रिय बनाउन स्थापना भएको रोट्रयाक्ट क्लब अफ सुनसरीले आफ्नो चौथो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
    रोट्रयाक्ट वर्ष २०२५–२६ का लागि अध्यक्षमा श्रीचा पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
    उपाध्यक्ष निशा नायडू, कोषाध्यक्ष कन्चन निरौला, सचिव सृष्टिका घिमिरे लगायत ११ सदस्यीय नयाँ कार्यसमिति सवृसम्वत चयन भएको छ ।
    नव–अध्यक्ष पराजुलीले आफ्नो कार्यकाललाई सेवा–समर्पण र नवीन कार्यक्रम मार्फत प्रभावकारी बनाउन प्रतिवद्धता व्यक्त गरिन् ।

    यता तत्कालीन अध्यक्ष युरिका घिमिरेलाई संस्थामा पु¥याएको योगदानका लागि सम्मान पूर्वक बिदाइ गरिएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले क्लबको सामाजिक गतिविधिको प्रशंसा गर्दै युवाको नेतृत्वले प्रदेशलाई सकारात्मक योगदान दिने विश्वास व्यक्त गरेका थिए ।

    साथै, प्रदेश सभा सदस्य मिना श्रेष्ठ, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, रोडट्रयाक्ट क्षेत्र ७ का गभर्नर बिनोद अग्रवाल, जिल्ला रोट्रयाक्ट प्रतिनिधि रोसी श्रेष्ठल गायतको उपस्थिति उल्लेखनीय रह्यो ।
    उपस्थित अतिथिहरूले क्लबलाई युवाहरूलाई सिर्जनात्मक, अनुशासित र जिम्मेवार बनाउन सक्ने कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए

4565