-
इटहरी । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) इटहरीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा तीन दिने वैदिक ग्रन्थ तथा श्रीकृष्ण जन्माष्टमी महोत्सव सुरु गरेको छ ।
साउन २९ गते उद्घाटन भएको यो महोत्सव आगामी बुधबार सम्म सञ्चालन हुनेछ ।
सोही अवसरमा वक्तृत्वकला प्रतियोगितामा सीबी कलेज प्रथम भएको छ ।
इस्कोन इटहरीको तीन दिने विशेष धार्मिक तथा सांस्कृतिक महोत्सव कार्यक्रम अन्तर्गत शुक्रवार भएको प्रतियोगितामा सीबी कलेजकी छात्रा नंशाल तामाङ प्रथम भएकी हुन ।
प्रतियोगितामा विराटनगरको पूर्वाञ्चल ल क्याम्पसकी मनिका चौधरी दोस्रो र पिसजोन स्कुलका गीत कौर तेस्रो भए । सुष्मा गोदावरी कलेज इटहरीकी प्रर्चना पासवानले सान्त्वना स्थान हासिल गरिन ।
भागवत गीताको परिचय शीर्षकमा भएको वक्तृत्वकलामा उत्कृष्ट हुने उनीहरूलाई स्कोनद्धारा प्रकाशित विभिन्न धार्मिक ग्रन्थहरू पुरस्कारका रूपमा प्रदान गरिएको आयोजकले जनाएको छ ।
News Desk 0 response शनिबार, साउन ३१, २०८२
कार्यक्रममा भगवानको अभिषेक, भजन–कीर्तन, धार्मिक नाटक, कथा वाचन, वक्तृत्वकला प्रतियोगिता, धार्मिक ग्रन्थ पुस्तक प्रदर्शनी, गीता परिचय, चित्रकला प्रदर्शनी लगायतका गतिविधिहरू समावेश छन्। उद्घाटन सत्रमा इस्कोन इटहरीका अध्यक्ष ललित बहादुर बानियाँले श्रीमद्भागवत गीता केन्द्रित प्रवचन दिएका थिए ।
इटहरी क्षेत्रका विश्व आदर्श कलेज, सिवि कलेज,र कस्तुरी कलेजका विद्यार्थीहरुलाई सहभागी गराई भागवत गीता विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।
बानियाँका अनुसार, विद्यार्थीहरु लाई भागवत गीताका विषयमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रदर्शनीमा करिब ७ सय विद्यार्थीको सहभागिता रह्यो भने महोत्सवभर १० हजारभन्दा बढी भक्तजनको उपस्थित रहने अनुमान गरिएको छ ।
महोत्सवको अन्तिम दिन इटहरीमा निकालिने श्रीकृष्ण रथयात्रामा इस्कोनले सक्रिय सहभागिता जनाउने छ । साथै, भदौ १ गते वैदिक ग्रन्थको प्रदर्शनी तथा बिक्री वितरण सम्पन्न हुनेछ । इस्कोन इटहरीले विगत केही वर्षयता यस महोत्सवलाई निरन्तर आयोजना गर्दै आएको हो ।
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३