• इटहरी । सुनसरीको इटहरीमा अवस्थित कस्तुरी एकेडेमीले कक्षा १२ उत्तीर्ण गरेका २७औं व्याचका विद्यार्थीहरूलाई सहभागिता गराएर भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।

    कस्तुरी एकेडेमीबाट यस वर्ष विभिन्न विषयमा अध्ययन पूरा गरेका ३५० भन्दा बढी विद्यार्थीहरूलाई एक विशेष औपचारिक कार्यक्रममार्फत दीक्षित गरिएको हो। कार्यक्रममा एकेडेमीका प्रा. डा. केदार प्रसाद पौडेलको अध्यक्षता तथा कस्तुरी कलेजकै पूर्व विद्यार्थी एवं नेपाल युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदीप घिमीरे प्रमुख वक्ता रहेका थिए।

    कार्यक्रमका दौरानमा कस्तुरी कलेजमा अध्यापन गराउँदै आएका विद्यावारिधी हासिल गरेका विष्णु खड्कालाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको सम्मान स्वरूप विशेष सम्मान पत्र प्रदान गरिएको थियो।

    यस वर्षको शैक्षिक नतिजाबारे जानकारी दिँदै एकेडेमीका प्रिन्सिपलले भने यस वर्षको एईई परीक्षामा ३६ जना विद्यार्थीले ए प्लस, ११३ जनाले ए, १२३ जनाले बी प्लस, र ५६ जनाले बी श्रेणी हासिल गरेका छन्। यसका साथै १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु हाम्रो गर्वको विषय भएको कस्तुरी एकेडेमीका प्रिन्सिपल भुपेन्द्र न्यौपानेले बताए ।
    कस्तुरी कलेजका प्राचार्य कम्लेश शर्मा पौडेलले यो दीक्षान्त समारोह कलेजले पहिलोपटक आयोजना गरेको उल्लेख गर्दै भने,
    पहिलो अनुभव भएकाले विद्यार्थीहरूमा विशेष उत्साह र भावनात्मक क्षणहरू देख्न पाइएको र यसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यको यात्रा सुरु गर्न सकारात्मक ऊर्जा प्रदान गरेको बताए ।

    दीक्षान्त समारोहमा कस्तुरी एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र अधिकारी, प्रबन्धक विनोद पौडेल, कार्यकारी प्रबन्धक आकाशहाङ सुब्बा, पूर्व प्राचार्य, विद्यार्थी, शिक्षक–शिक्षिका र पूर्व विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो।
    उत्साहपूर्ण माहोलमा सम्पन्न दीक्षान्त समारोहले विद्यार्थीहरूलाई भावी जीवनमा सफलताको मार्गमा अघि बढ्न थप प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका थिए।

4565