• इटहरी । आउदै गरेको नेपाली हिन्दू महिलाहरुको महान पर्व हरीतालिका तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि इटहरीमा जनाएको छ ।
    यामाहा सो रुम तिरुपति अटो सिटीले स्कुटर खरिद कर्ताहरुलाई लक्षित गरि यस वर्ष पनि तिज विशेष कार्यक्रमलाई निरन्तरता दिंएको हो ।
    इटहरीमा रहेको यमाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता तिरुपति अटो सिटीले विभिन्न सामाजिक कार्य समेत समय समयमा गर्दै आएको छ ।

    तिरुपति अटो सिटी इटहरीका सञ्चालक सञ्जोग पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ,सस्थाका दिदी बहिनी तथा स्कुटी खरिदकार्ताहरुले तिजका गितमा नाचगान गरेर रमाइलो गरेका थिए भने तिजको दर खुवाउने परम्परालाई निरन्तरता दिदै दर खुवाउने कार्यलाई निरन्तरता दिएको संचालक पराजुली वताए । कार्यक्रममा विभिन्न स्थान बाट आएका महिलाहरु साथै इटहरी क्षेत्रका अन्य महिलाहरु गरी २ सय बढीको सहभागीता रहेको थियो ।

4565