-
इटहरी । सकारात्मक सोच, आध्यात्मिक दृष्टिकोण र आन्तरिक शान्तिको अभ्यासले युवाको जीवनमा दीर्घकालीन सफलता दिलाउने मात्र नभई उनीहरूलाई जिम्मेवार, अनुशासित र समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकसित गर्न सक्ने विश्वासका साथ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले निरन्तर रूपमा युवामुखी उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यस केन्द्रले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर इटहरीका विभिन्न शैक्षिक संस्था, कलेज, विद्यालय र युवा आवद्ध संघ–संस्थाहरुलाई लक्षित गर्दै ‘सफल जीवन’ शीर्षकमा आधारित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमको उद्देश्य युवा पुस्तामा सकारात्मक सोच, आत्मविश्वास, मानसिक सन्तुलन र आन्तरिक शान्तिको महत्वबारे सचेतना फैलाउनु रहेको छ ।
केन्द्रका उत्प्रेरक ब्रह्मकुमार हरि सिटौलाले विगत लामो समयदेखि युवाहरुलाई आध्यात्मिक जागरणका माध्यमबाट जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा दिँदै आएका छन् ।
उनले आफ्नो अनुभव सुनाउँदै भने, युवा विद्यार्थीले आत्मज्ञान र योग साधनालाई आफ्नो दैनिकीमा समावेश गर्न सके उनीहरूको सोच, निर्णय क्षमता र जीवनशैलीमा अद्भुत परिवर्तन आउँछ ।
उनका अनुसार, राजयोग अभ्यासले मानसिक तनाव घटाउने, आत्मअनुशासन बढाउने र दीर्घकालीन लक्ष्यमा केन्द्रित हुन सहयोग पु¥याउने देखिएको छ ।
सिटौलाले अझै थप जानकारी दिंदै भने विगतमा हामीले कलेज र विद्यालयमा छोटो अवधिका कार्यशाला र गोष्ठीहरू गरेका थियौं, तर अहिले धेरै स्थानमा योग साधना र उत्प्रेरणालाई पाठ्यक्रमकै रूपमा समावेश गर्नुपर्ने माग बढ्दै गएको छ । उनका अनुसार, केही शैक्षिक संस्थाहरूले यसलाई अतिरिक्त क्रियाकलापको रूपमा सुरु पनि गरिसकेका छन् ।
युवाको भित्री संसार शान्त र स्थिर भयो भने मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ । यसका लागि आध्यात्मिक जागरण अपरिहार्य छ ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख सञ्चालिका ब्रह्मकुमारी शारदा सिटौलाले पनि युवामा भित्री शान्तिको महत्व औंल्याउँदै भनिन्, “आजको प्रतिस्पर्धात्मक युगमा धेरैजसो युवाले बाहिरी उपलब्धिलाई मात्र प्राथमिकता दिन्छन् ।
News Desk 0 response बुधबार, साउन २८, २०८२
तर, आन्तरिक शान्ति र मानसिक स्थिरता विना त्यो सफलता क्षणिक मात्र हुन्छ । त्यसैले आध्यात्मिक शिक्षा र राजयोग अभ्यास युवाको जीवनमा अत्यावश्यक छ ।
दुई दिनदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको यस आध्यात्मिक जागरण तथा राजयोगसहितको उत्प्रेरणा कार्यक्रममा आज इटहरीस्थित सुषमा गोदावरी कलेजका विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको छ । विद्यार्थीहरूले राजयोग ध्यान, शान्तिपाठ, र जीवन लक्ष्य निर्धारणसम्बन्धी अन्तरक्रियात्मक सत्रहरूमा भाग लिएका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि आफ्नो अनुभव साझा गर्दै राजयोग अभ्यासले पढाइमा ध्यान केन्द्रित गर्न, तनाव व्यवस्थापन गर्न र आपसी सम्बन्ध सुधार्न मद्दत गरेको बताएका छन् । उनीहरूले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।
संयोजकहरूको भनाइमा, यो अभियानले केवल केही दिनको मात्र प्रभाव पार्दैन, बरु सहभागी युवाको जीवन दृष्टिकोणमा दीर्घकालीन रूपान्तरण ल्याउने लक्ष्य लिएको छ । कार्यक्रमका क्रममा प्रेरणादायी कथा, वास्तविक जीवनका उदाहरण, ध्यान प्रविधि र आत्म–विश्लेषणका अभ्यासहरू समेत समावेश गरिएका छन् ।
यो अभियानलाई स्थानीय समुदाय, शैक्षिक संस्था र अभिभावकहरूबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । आयोजकहरूको विश्वास छ—यदि युवाले आन्तरिक शान्ति, सकारात्मक सोच र आत्मअनुशासनलाई आफ्नो जीवनशैलीको अभिन्न अंश बनाउन सके, उनीहरूले व्यक्तिगत जीवन मात्र होइन, समाजको समग्र प्रगतिमा पनि महत्वपूर्ण योगदान पु¥याउनेछन् ।
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
सुन्दरहरैँचामा भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण
बिहिबार, कार्तिक २०, २०८२ -
२५ दिने निःशुल्क वारिष्टा तालिमको उद्घाटन सम्पन्न
बिहिबार, कार्तिक २०, २०८२





