-
इटहरी । नेपाल कानून व्यवसायी परिषदको ३२औं स्थापना दिवस तथा आत्ममुल्यांकन दिवसको अवसर पारेर सुनसरीको इटहरीमा ९ जना सम्मानित भएका छन ।
सर्वाेच्च अदालतका न्यायधिश बालकृष्ण ढकालको प्रमुख आतिथ्यमा नेपाल कानून व्यवसायी परिषद कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा ५०वर्ष भन्दा वढी समय कानून व्यवसाय पेशामा रहेका योगेन्द्रकुमार शर्मा लगायतलाई सम्मान गरेको हो । नेपाल कानून व्यवसायी परिषदका पारषद राजु ढकालको अध्यक्षता भएको कार्यक्रममा शर्मा सहित परिषदका पुर्व पारषद माधवप्रसाद उपाध्याय , वरिष्ठ अधिवक्ताहरु रमेश कोइराला , भरतवहादुर थापा, प्रकासवावु पन्त , रामप्रसाद घिमीरे , उद्धवचन्द्र घिमीरे निवर्तमान पारषद प्रेम प्रसाद पोखरेल र अधिवक्ता देवीवहादुर घिमीरेलाई सम्मान गरियो ।
सहभागीहरूले परिषद्को भूमिकाबारे अनुभव आदानप्रदान गर्दै पेशागत एकता र अनुशासनलाई अझ सबल बनाउने विषयमा विचार व्यक्त गरे ।
पूर्व पार्षदहरूको सम्मान समारोहको क्रममा परिषद्को स्थापना अवधिमा गरेका योगदान, कानुनी सुधारका प्रयास, र समाजमा कानुनी सचेतना फैलाउनको लागि गरेका उल्लेखनीय पहलहरूको स्मरण गरिएको थियो । सम्मानित व्यक्तिहरूले आफ्नो अनुभव सुनाउँदै नयाँ पुस्ताका कानुन व्यवसायीलाई ईमानदारी, धैर्यता र निरन्तर अध्ययनमार्फत सेवा भावमा अघि बढ्न सुझाव दिए ।
News Desk 0 response बुधबार, साउन २८, २०८२
कार्यक्रममा कोशी प्रदेशका कानुन वियवसायीहरुले कानुनी पेशाको गुणस्तर सुधार, कानुनी शिक्षा विस्तार, डिजिटल प्रविधिको उपयोग, र गाउँ–गाउँमा कानुनी सहायता पुगोस् भन्ने विचार प्रस्तुत गरे ।कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायधिस राजनप्रसाद भट्टराई , कोशी प्रदेशका मुख्य न्यायधिवक्ता नारायण वस्ती , नेपाल वार एसोसियसनका पुर्व उपाध्यक्ष तथा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी , नेपाल वार एसोसियसनका उपाध्यक्ष पदमप्रसाद लिम्बु लगायतको आतिथ्य रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





