• इटहरी । बजेट होलीडे लगायतका विषयवस्तुहरु प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिकामा ६ राजनीतिक दलले खबरदारी पत्र वुझाएका छन ।

    आर्थिक वर्ष समाप्त हुने असार महिनाको मसान्त सम्म स्थानीय सरकारले नीति ,कार्यक्रम तथा बजेट विनियोजन गरी पारित गरी सक्नु पर्ने संवैधान र स्थानीय तह सरकार सञ्चालन ऐनमा उल्लेख भएपनि इटहरीमा त्यसो हुन नसकेको लगायतका विषयहरुलाई समेटेर ६ राजनितीक दलका तर्फबाट नगरप्रमुख हेमकर्ण पौडेललाई खबरदारी पत्र वुझाएका हुन ।

    नेकपा माओवादी केन्द्र , राष्ट्यि प्रजातन्त्र पार्टी , नेकपा एकीकृत समाजवादी ,नेकपा , संयुक्त पहिचानवादी मोर्चा , संघीय लोकतान्त्रिक राष्ट्यि मञ्चले नगरप्रखुम पौडेललाई चार वुदे खबरदारी पत्र वुझाउदै आफुहरुले अघि सारेका माग पुरा नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन । नेकपा एकीकृत समाजवादीका इटहरी संयोजक गौरीमान परियारले बजेट सर्वसम्मत रुपमा ल्याउनु पर्नेमा स्थानीय सरकारमा रहेका काँग्रेस एमालेको असमजदारीका कारण बजेट आउन नसक्दा विकास निमार्णका काम , कर उठाउने कार्य ठप्प हुने हुँदा खबरदारी पत्र वुझाइएको वताए । आफुहरुले तोकेको समय सम्म बजेट ल्याउने कार्य नगरे चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

    इटहरीको बजेट होलिडेको विषय र समग्र इटहरीको दियो विकासका लागि सरकारमा रहेका दुई दललाई खबरदारी गर्नु परेको र सरकारमा रहेका दलहरु पनि दलगत स्वार्थ त्यागेर विकास निमार्णका कार्यमा आउन आग्रह गरिएको नेकपा माओवादी केन्द्रका इटहरी अध्यक्ष राजकुमार आचार्यले जानकारी दिए ।

    बजेट ल्याउने तथा विकास निमार्ण कर लगायतका विषयमा खवरदारी पत्र वुझाएको राप्रपा इटहरीका अध्यक्ष आकासहागं सुब्बाले वताए ।

    ६ राजनितिक दलको खवरदारी पत्र वुझ्दै नगरप्रमुख हेमकर्ण पौडेलले नगरसभाले यही श्रावण ३० गते बजेट पास गर्ने र सामाजिक सञ्चालमा आउने कतिपय कुरा भन्दा माथी उठेर सत्यतथ्य परक रुप कुराहरु ल्याउन र विकास निमार्णका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले आफुले चाडै नै आफुले राजनैतिक दलहरुसंग छलफल गर्ने योजना वनाएको समेत जानकारी गराए ।

    ६ राजनितीक दलका तर्फबाट बजेट ल्याउने पर्ने , स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए अनुसार सार्वजनिक सुनुवाई गर्नु पर्ने , गत आर्थिक वर्ष इटहरीवासीको डाढ भाच्ने गरी पारित गरिएको करलाई पुन मुल्याकंन गर्नु पर्ने र बेरुजुका विषयमा उपमहानगरपालिका गम्भिर भएर जवाफदेही वन्नु पर्ने चार बुदे माग राखेका छन । माग पुरा नभएर चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन ।

4565