• इटहरी । ३१औं विश्व आदिवासी दिवस इटहरीमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
    विश्वभरका आदिवासी जनजातिहरुको अधिकार ,पहिचान , संस्कृति र अस्तित्वको संरक्षण , प्रवद्र्धन र सुनिश्चितताका लागि प्रत्येक वर्ष मनाइदै आएको विश्व आदिवासी दिवस यस वर्षपनि सांस्कृतिक उत्सव सहित इटहरीमा मनाइएको हो ।
    नेपाल आदिवासी जनजाति महासंघ इटहरीको आयोजनामा जातिय भेषभुसा झाँकी र्रयाली सहित सांस्कृतिक उत्सव गरियो ।

    नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिराहागं राईको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्य रहेको सांस्कृति उत्सव सुरु हुनु अघि संगितचौकमा भेला भएर विभिन्न जातिय संघसंस्थामा आवद्धहरु झाँकी सहित इटहरी मुख्य चोक क्षेत्रको परिक्रम गरी पश्चिम लाईनमा पुगेर सांस्कृतिक उत्सव अन्तरगतको औपचारिक कार्यक्रम आयोजना गरेको थियो ।

    कार्यक्रमका वक्ता जातिय संघसस्थामा रहेका व्यक्तिहरुले नेपाल सरकारले आइएलओ १६९ मा हस्ताक्षर गरेपनि आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार संस्कृति , भाषा, शिक्षा, स्वास्थ्य भुमि तथा प्राकृतिक स्रोत माथिको अधिकार सुनिश्चित गर्ने कार्यलाई व्यवहारिक र प्रभावकारी रुपमा कार्यान्वय गर्न नसकेको भन्दै आलोचना गरेका थिए । उनीहरुले हाल सम्म पनि आइएलओ १६९मा उल्लेख गरिएको हक अधिकारहरु नपाइरहेको भन्दै कार्यान्वयन गर्नु पर्ने माग समेत गरेका थिए ।

    सोही कार्यक्रममा नेपाल टेलिभिजन इटहरीबाट प्रसारित हुने कार्यक्रम समावेशी समाज प्रस्तोता मेनुका डुम्जनलाई सम्मान गरियो । त्यसै गरि एसईईमा उत्कृष्ट नम्बर ल्याउने मकालु इगंलिस वोर्डिगं स्कुलकी छात्रा मिसु प्रधानलाई समेत सम्मान गरियो । कार्यक्रममा आदिवासी समुदायको सांस्कृत पक्ष झल्कने झाँकी , गीत , पोशाक , कला समेत प्रस्तुत गरिएको थियो । चन्द्रवहादुर गम्देनको संयोजकत्वमा भएको कार्यक्रममा मुख्य वक्ताका रुपमा गोपाल देवान रहेका थिए भने धु्रवकुमार लिम्बु , इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरी , समाजसेवी सन्तवहादुर डुम्जन लगायतको आतिथ्य रहेको थियो ।

4565