-
इटहरी । साहित्यिक गतिविधिको विकास र विस्तारसँगै साहित्यकारको सिर्जनात्मक उत्साहलाई प्रोत्साहन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा सुरु गरिएको ‘क्याफेमा कविता’ कार्यक्रमको दोस्रो श्रृंखला शनिबार सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना नेपाल विट इटहरीले गरेको हो। हरेक श्रृंखलामा फरक–फरक साहित्यकारको अध्यक्षतामा कार्यक्रम सञ्चालन गर्ने परम्परा अनुरूप यसपटक कार्यक्रमको अध्यक्षता वरिष्ठ कवि छवी बैरागीले गरेका थिए।
दोस्रो श्रृंखलामा कवि केशव रिमाल र गजलकार दीपा दिपहरी मुख्य वाचकका रूपमा सहभागी भए। उनीहरूले माया–प्रेम, समाज, संस्कार, संस्कृति लगायतका विषय समेटिएका आफ्ना पाँच–पाँच वटा कविता तथा गजल प्रस्तुत गरे।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राई थिइन्। उनले साहित्यिक गतिविधिहरूले समाजमा सकारात्मक चेतना र सिर्जनशीलता फैलाउने विश्वास व्यक्त गर्दै दुईवटा कविता पनि वाचन गरिन्।
साहित्यिक रंगमा रंगिएको उक्त कार्यक्रममा नाट्यकार भरत बर्बरिक, लोकदोहरी गायिका गंगा गौतम आचार्य,रोमु अधिकारीर्, , राज केसी, अभिमन्यु अभिजित, जिबी गजल, ज्ञानेन्द्र दाहाल लगायतका साहित्यकार र कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल विटका अध्यक्ष राम प्रसाद खरेलका अनुसार ‘क्याफेमा कविता’ श्रृंखला इटहरीमा साहित्यिक वातावरण निर्माण गर्दै साहित्यकारलाई एक–अर्कासँगको अनुभव आदान–प्रदान गर्ने साझा मञ्चका रूपमा निरन्तर अघि बढाइने छ।
News Desk 0 response आइतवार, साउन २५, २०८२
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३