-
इटहरी । आज साउने पूर्णिमा अर्थात जनैपूर्णिमा सनातनि हिन्दू धर्मावलम्बी तागाधारीहरुले
विशेष मन्त्रले मन्त्रिएको जनै फेरेर मनाएका छन ।
जनै लगाउनेहरुले नजिकका नदी, पोखरी तथा घरमै स्नान गरी पवित्र भई विशेष मन्त्रबाट ब्राह्मणले मन्त्रिएको जनै फेरेर जनैपूर्णिमा मनाएका हुन ।
आजकै दिन मानव सुरक्षाको प्रतिकको रुपमा रहेको रक्षाबन्धन बाध्ने गरिन्छ । रक्षावन्धनलाई आपसी सद्भाव र स्नेहको पर्वका रुपमा मनाउदै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले रक्षाबन्धन शुभकामना तथा स्नेह मिलन कार्यक्रम आयोजना गरेको छ ।
विगतका वर्षहरु झै ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले आयोजना गरेको सामुहिक रक्षावन्धन कार्यक्रममा निसाहय वालवालिका सेवा आश्रम इटहरी , मायाघर नेपालमा आश्रितहरु, राजमार्ग सुरक्षा तथा टफिक व्यवस्थापन कार्यालय इटहरी र सशस्त्र प्रहरी वल वराह बाहिनीका सुरक्षाकर्मीहरुलाई पनि रक्षाबन्धन बाधियो ।
विभिन्न किसिमका विकृतिहरुबाट रक्षा होस तथा मर्यादाको प्रतिकका रुपमा सुखशान्तिको कामना सहित केन्द्रले रक्षाबन्धन कार्यक्रम गर्दै आएको जनाइयो ।
निसाहय वालवालिका सेवा आश्रम , मायाघर नेपाल, सुरक्षाकर्मीहरु , इटहरीका समाजसेवी , व्यवसायी , विभिन्न संघसस्था आवद्ध दुई हजार जना वढीलाई यस पटक रक्षावन्धन गरिएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौलाले जानकारी दिइन ।
उनले निसाहय वालवालिका सेवा आश्रम , मायाघर , इटहरीका समाजसेवी , विभिन्न पेशामा व्यवसायमा आवद्धहरु केन्द्रमै आएको रक्षावन्धन लगाएको र सुरक्षाकर्मीहरुलाई भने कार्यालयमै पुगेर लगाइ
News Desk 0 response शनिबार, साउन २४, २०८२
दिएको समेत वताइन ।
रक्षावन्धन सहितको स्नेह कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी , इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ , नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेल , इटहरी उपमहानगरपालिका निवर्तमान प्रमुख द्धारिक लाल चौधरी , उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली लगायतको सहभागिता रहेको थियो ।
-
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
मानवता कहाँ हराउँदैछ?
बिहिबार, भदौ ११, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





