-
इटहरी । सांगीतिक क्षेत्रमा निरन्तर समर्पित हुँदै पूर्वी नेपालको इटहरीमा बसेर नेपाली लोक संंगततलाई समर्पणपूर्वक सेवा पुर्याइरहेकी चर्चित गायिका गंगा गौतम आचार्यको धरान ,धनकुटा गित बाट चर्चा कमाएकी छिन्।
साउनको झरीसँगै देशभर तिजको रौनक बढ्दै जाँदा, आचार्यले महिला सशक्तीकरणको आवाज बोकेर एकै साथ दुईवटा तिज गित मध्य लजाउने बानी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इटहरीमा छायाँकन गरिएको हरितालिका बोलको म्युजिक भिडियो चाँडै सार्वजनिक हुने भएको हो ।
यस पटक उनले तिजलाई केवल पर्वका रूपमा नभई, महिला चेतनाको अभियानका रूपमा प्रस्तुत गर्न खोजेकी छन्।हरितालिका तिज गीत र सशक्तीकरणको आवाज दिने नक्कर पार्ने बानी
शीर्षक दिइएको छ ।
गितको छायांकन इटहरीस्थित सुकल्प सामुदायिक भवनमा गरिएको छ। यस गितमा कोशी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, सामाजिक अभियन्ता तथा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेल, साथै अन्य महिलाहरूको विशेष अभिनय रहेको छ। उनीहरूको भूमिका मार्फत गितले महिलाको आत्मबल, संघर्ष र आत्मनिर्भरताको सन्देश दिन खोजेको छ।
ग्रामीण र शहरी परिवेशमा जिवन गुजारिरहेकी महिलाको मनोविज्ञान, संघर्ष र आत्मबललाई कलात्मक तरिकाले गितमा समेटिएको छ।अर्काे काठकाण्डौमा छयांकन गरिएको नक्कल पार्ने बानी मनोरञ्जन र नाचगानको संगम तेस्रो र फरक धारको अर्को तीज गीत नक्कल पार्ने बानीू हो, जसमा मनोरञ्जन र नाचगानलाई जोड दिइएको छ। यसु थापाको शब्द, राजकुमार बगरको संगीत, र राजु कार्कीको एरेञ्ज रहेको यस गितले विशेषगरी तिजको रमाइलो, थकान मेट्ने, मन हलुका बनाउने भाव बोकेको छ।
तिज पर्वको खास मौलिकता भनेकै सामूहिक नाचगान र भाबनात्मक अभिव्यक्ति भएकाले यो गीत महिला दर्शक स्रोतामाझ प्रिय बन्ने विश्वास गरिएको छ।
गितको म्युजिक भिडियोलाई सुमनसागर जंग केसीले निर्देशन र कोरियोग्राफी गरेका छन्, जसले यसमा जीवन्तता थपेको छ। भिडियोलाई रंगीन, रमाइलो, र आकर्षक बनाइएको छ ताकि गीत हेर्दा पनि महिलाहरूले ब्रतको थकान भुलुन्, उत्सवको मज्जा लिन सकुन् भन्ने रहेको हो ।
गायिका गंगा गौतम आचार्य , शब्द, स्वर र सामाजिक चेतनाको संयोजन गर्दै
आचार्यको नाम नेपाली लोकसंगीतको क्षेत्रमा उनमा केवल स्वर मात्रै छैन, शब्द लेख्ने क्षमता, संगीत प्रतिको लगाव र समाज प्रतिको उत्तरदायित्व समेत मिसिएको छ। उनले यसअघि नै १७ वटा तिज गित सहित ८० भन्दा बढी विभिन्न सब्दमा गीतहरू सार्वजनिक गरिसकेकी छन्, जसले नेपाली संगीतप्रेमीहरूको मन जित्दै आएका छन्।इटहरीलाई सांगीतिक राजधानी बनाउने सपना बोकेकी आचार्य, यतिखेर आफ्ना गित मार्फत समाजमा चेतना फैलाउने, महिलाहरूलाई आत्मनिर्भर र जागरुक बनाउने अभियानमा समेत लागेकी छन्।
उनी भन्छिन् सिर्जना केवल मनोरञ्जनका लागि होइन, परिवर्तनको साधन पनि हो। महिलाले आफैं बोल्न, गाउन, उठ्न, अगाडि बढ्नुपर्छ भन्ने सन्देश हो मेरो गीतहरूमा सन्देशमूलक र सिर्जनात्मक संगम दुवै गीतहरूले तीज पर्वको मौलिकता, संस्कृति, आधुनिक महिलाको जीवनशैली, र सामाजिक सन्देशलाई सन्तुलनसाथ प्रस्तुत गर्न खोजेका छन्। जहाँ एक गितले भावना र सशक्तीकरणको कथा बोकेको छ भने अर्को गीतले रमाइलो, हासो, नाचगान, र उत्सवको स्वरुपलाई समेटेको छ।यी गितहरू गंगा गौतम आचार्यको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक हुनेछन्। संगीतप्रेमी, विशेषगरी महिलाहरूको लागि यी गीतहरू तिजमा थप ऊर्जा, उत्साह र आत्मबलको स्रोत बन्ने अपेक्षा गरिएको छ। https://youtu.be/EJIcdurp2jg?si=aQoct6w-N6gxlGkt
News Desk 0 response शुक्रबार, साउन २३, २०८२
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





